चुनावमा प्रचारमा होइन आफ्न्तको घरमा बास बस्न आएको हुँ ः पूर्व राज्यमन्त्री विष्ट

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका नेता तथा पुर्व राज्यमन्त्री तप्त विष्टले चुनाव प्रचार प्रसारमा नभएर आफ्न्तको घरमा बास बस्न कोहलपुर आएको बताएका छन् । नेकपाका नेता तथा कार्यकर्ताले सरकारी नम्बर प्लेटको गाडि सहित कोहलपुर नगरपालिका वडा नं. ६ मा निर्वाचन प्रचार प्रसार गर्न आएको भन्दै बुधबार बेलुका विरोध जनाएको प्रति दुख व्यक्त गर्दै आफु निर्वाचन प्रचार गर्न नभएर आफन्तको घरमा बास बस्न आएको बताएका छन् । नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. ६ को निर्वाचन प्रचार प्रसार समितिले आयोजना गरेको चुनावि कोण सभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री विष्टले सत्ताको भरमा अनावश्यक बल प्रयोग गरिएको भन्दै दिउँसोको हवाई जहाज डिले भएर बेलुकी साढे पाँच बजे राँझा विमानस्थल पुगेर पञ्चपुरी नगरपालिकाका मेयर थापा र आफु कोहलपुर नगरपालिका वडा नं. ६ मा रहेको मोहन गाहाको घरमा बास बस्न आएको बताएका छन् । ‘आफन्तको घरमा गाडि राखिसकेपछि नेकपाकेहि कार्यकर्ता आएर विरोध जनाए’ उनले भने ‘आफन्तको घरमा बास बस्न पनि नपाइने भयो ।’ साथै उनले वर्तमान सरकारका विरुद्व काँग्रेसले आन्दोलन गर्न नपरोस भन्दै सरकार र नेकपा कार्यकर्तालाई सचिन्न आग्रह गरेका छन् । मन्त्री विष्टले नेकपा कार्यकर्ताले पैसा बाड्न आएको भन्दै विरोध जनाएको प्रति आपत्ति जनाउँदै उनले भने ‘१४ हजारको प्लेन टिकट त उदारोमा लिएर आएका हौं । हामीसँग के पैसा हुनु, होटलमा खाना खाएको भए खानाको रुपैयाँ दिने पनि थिएन् ।’ नेकपाले गरेको कार्यबाट काँग्रेसका कार्यकर्ता बिचल्लित नहुन अनुरोध गर्दै निर्वाचनमा शान्तिपूर्वक ढङ्गले भाग लिन सझुाव समेत दिएका छन् ।
कार्यक्रममा बोल्दै सुर्खेत पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले स्थानिय तहको उपनिर्वाचनमा काँग्रेसलाई जिताएर नेकपाको दम्भलाई सिध्याउनुपर्नेमा जोड दिएका छन् । पाउनका रुपमा बास बस्न कोहलपुर आएको बताउँदै नेकपा कार्यकर्ताले गरेको व्यवहारको जवाफ रुख चिन्हमा मतदान गरी काँग्रेसका उम्मेद्वार श्रीकृष्ण थारुलाई बिजय गराउन वडा नं. ६ का जनतालाई अनुरोध गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी जिल्ला सभापति किरण कोइराला, उपसभापति फुलाराम थारु, नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति माधवराम खत्री, महासमिति सदस्य भानुभक्त भट्टराई, नारायण गौडेलले कोहलपुर नगरपालिका वडा नं. ६ मा आफन्तको घरमा बास बस्न आएका पूर्व मन्त्री माथि गरिएको व्यवहार निन्दनिय भएको भन्दै यस्ता कार्यहरु आगामि दिनमा नगर्न चेतवानी दिएका छन् । साथै उनीहरुले सत्ताको बलमा वडा नं. ६ को उपनिर्वाचनमा कुनै पनि अवरोध खडा नगर्न चुनौति दिँदै नेकपाका नेता तथा कार्यकर्ता यसरी प्रस्तुत भए काँग्रेस प्रतिकार गर्न तयार रहेको बताएका छन् । निर्वाचनलाई लोकतन्त्रीक विधिबाटै सम्पन्न गर्न काँग्रेस तयार रहेको जानकारी दिँदै नेकपाले काँग्रेस माथि आक्रमण गर्न खोजे ईट्टको जवाफ पथरबाटै दिने चेतवानी पनि दिएका छन् । नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. ६ का प्रचार प्रसार समितिका संयोजक लिल बहादुर रानाले वडा नं. ६ मा नेपाली काँग्रेसले निर्वाचन जित्ने पक्का भएपछि नेकपाका कार्यकर्ताहरु आतिएको भन्दै वडा नं. ६ उपनिर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न काँग्रेस तयार रहेको र नेकपाले पनि शान्तिपूर्ण तरिकाले उपनिर्वाचनमा भाग लिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले गरेका थिए ।

५ मंसिर २०७६ मा प्रकाशित
Nabintech