अबैध सालको काठ बरामद

पिपलबाेट संवाददाता


घरमा लुकाई छिपाई राखेको १९३.९८ क्यूफिट  सालको काठ कोहलपुर सब वन डिभिजन कार्यालयले शुक्रबार बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा कोहलपुर सब डिभिजन कार्यालयबाट खटिएको टोलीले कोहलपुर–३ स्थित शान्त प्रसाद खनालको घरमा लुकाई छिफाई राखेको १९३.९८ क्यूफिट र बैजनाथ–६ एचगाउँमा रहेको न्यू कोहलपुर सहमिलबाट दुई ट्रक काठ बरामद गरिएको कोहलपुर सब डिभिजन कार्यालयका प्रमुख राम प्रसाद चौधरीले जानकारी दिएका छन् ।
घरमा लुकाई राखेको १ सय ९३.९८ क्यूफिट बरामद सालको काठ २ लाख ७१ हजार ५ सय ७२ रुपैयाँ पर्ने र मिलमा बरामद भएको काठको मूल्य निकाल्न समय लाग्ने प्रमुख चौधरीले बताएका छन् । न्यू कोहलपुर सहमिलका सञ्चालक शान्त प्रसाद खनाल हाल फरार रहेको चौधरीले जनाएका छन् ।

६ मंसिर २०७६ मा प्रकाशित
Nabintech