नेपाली काँग्रेस कोहलपुरले निर्वाचन अधिकृतको कार्यालय कोहलपुरमा उजरी माथि निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको छ । यहि मंसिर १४ गते हुन गईरहेको कोहलपुर नगरपालिका वडा नं. ६ को उपनिर्वाचनमा प्रभावित बनाउने लक्ष्यका साथ केही सरकारी कार्यक्रम हुन गईरहेको भन्दै उक्त कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले दिएको उजुरी माथि निर्णय गर्दै निर्वाचन सम्पन्न नहुँदा सम्म कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाईने भएको छ । निर्वाचनको मिति तोकिए पश्चात भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशानलय कृषि ज्ञान केन्द्र बाँके र कृषि प्रवद्र्वन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेको गत कार्तिक १७ गतेको क्षमता अभिवृद्वि तथा सीप विकास तालिमका लागि आवेदन फारम पेश गर्न समयावधि तोकिएको र कोहलपुर नगरपालिकाले गत कार्तिक १५ को आर्थिक वर्ष ०७६÷७७ को लागि स्वीकृत कार्यक्रम अनुसार साना किसान उद्यमी सुदृढिकरण कार्यक्रम सञ्चालनको लागि प्रस्ताव माग गरिएको थियो । साथै कोहलपुर नगरपालिकाले कार्तिक १९ गतेको सूचनामा आर्थिक वर्ष ०७६÷७७ को लागि महिलाहरुको लागि सीपमूलक तथा आयआर्जन कार्यक्रममा ६० जना सहभागि हुने गरी तीन महिने र चार महिने सीपमूलक तालिम संचालनको सूचना गरिएको भन्दै कोहलपुर नगरपालिकाबाट प्रकाशित सूचना माथि निर्वाचन अधिकृतको कार्यालय कोहलपुरलाई कोहलपुर नगरपालिका कार्यपालिकाको कार्यालय, कोहलपुर बाँकेबाट हालको लागि सो कार्यक्रम स्थागित गरिएको व्यहोरा सहितको पत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिएका छन् ।