कोहलपुरमा पौष २४ देखि माघ ५ गतेसम्म महोत्सव सञ्चालन हुँदै

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा आगामि पौष २४ देखि माघ ५ गतेसम्म महोत्सव सञ्चालन हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका नगर समिति र महिला उद्यमी समितिको मूख्य आयोजनामा तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव २०७६ सञ्चालनमा आउने भएको छ । ‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका साथ यहि पौष २४ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीका बारेमा जानकारी दिनका लागि आयोजित शनिबार पत्रकार सम्मेलनमा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका अध्यक्ष हेमविक्रम जि.सी.ले महोत्सवको तयारी सुरु भएको जानकारी दिएका छन् । नेपाल सरकारको पर्यटन वर्ष सन २०२० लाई सफल बनाई देशको मौलिक कला संस्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउनका साथ साथै अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्वन र राष्ट्रको अर्थतन्त्रको विकासमा टेवा पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको जानकारी दिँदै अध्यक्ष जिसीले भने ‘स्थानिय एवम् राष्ट्रि स्तरमा लघु तथा घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिचान गराई कृषि तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधिहरुको जानकारी सहित आन्तरिक एवम् बाह्य प्रवद्र्वनमा टेवा पु¥याउने लक्ष्य रहेको छ ।’
साथै महोत्सवमा विभिन्न प्रकृतिका गरी तीन सय स्टलहरु रहने आयोजकले जनाएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका लागि ९० वटा, सूचना प्रविधिका लागि २० वटा, कृषि उपज तथा जडिबुटिका लागि ५० वटा, पर्यटनका लागि २० वटा, लघु तथा घरेलु उद्योगका लागि ३० वटा, सेवा मुलक संघसंस्थाका लागि १०, बैंक वित्तिय तथा सहकारी संस्थाका लागि १५ वटा, होटल रेष्टुरेन्टको लागि ३० वटा, प्रायोजकहरुका लागि २०, मौलिक कला प्रदर्शन५ वटा र अन्य १० वटा स्टल रहेन बताईएको छ । त्यस्तै महोत्सवको अनुमानित आम्दानि र खर्च १ करोड २२ लाख ५० हजार गरिएको छ । महोत्सव अवलोकनका लागि साधारण टिकट ५० र विद्यार्थीका लागि ४० रुपैयाँ टिकटको व्यवस्था रहने अध्यक्ष जिसीले जानकारी दिएका छन् । महोत्सवबाट संकलन भएको रकमले नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको भवन निर्माणमा खर्च गर्ने र केहि रकम लघु उद्योग विस्तारको लागि प्रोत्साहन गर्ने लक्ष्य रहेको बताईएको छ ।
यसका साथै महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि अध्यक्ष जिसीले सरकारी निकाय, गैरसरकारी निकाय, राजनीतिक दल, उद्योगि, व्यापारी, जनप्रनितिधि, सुरक्षा निकाय लगायत आम जनतालाई सकरात्मक सहयोगका लागि अनुरोध गरेका छन् ।

७ मंसिर २०७६ मा प्रकाशित
Nabintech