शिखर जडिबुटि सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न
बाँके कोहलपुर–११मा रहेको श्री शिखर जडिबुटि उत्पादक सहकारी संस्था लि.ले आफ्नो नवौं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख वक्ता प्रदेश सहकारी संघ प्रदेश नं. ५ का अध्यक्ष प्रेम प्रसाद सुवेदिले सहकारीको आवश्यकता र महत्व बारे जानकारी दिएका थिए । उनले पछिल्लो समय बैंकहरुले गर्ने काम सहकारीले गाउँगाउँमा पुगेर गरिरहेको जानकारी दिँदै जनतालाई बैंकहरुले दिने सेवा सुविधा भन्दा सहकारीले सहज र सरल तरिकाले दिईरहेको बताएका छन् । साथै उनले सहकारीकै माध्यमबाट समाजमा गरिबीको न्यूनिकरण भईरहेको जानकारी दिँदै सहकारीको अवधारण अनुसार नै सबै लाग्नुपर्ने बताएका छन् । सहकारीका शेयर सदस्यहरुले स्वदेशी वस्तुलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिँदै सहकारीबाटै जनताको समृद्वि सम्भव रहेकोमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै केन्द्रिय कृषि सहकारी संघ लि.का संचालक देब बहादुर केसीले सहकारी अभियानले ल्याएको परिवर्तनका बारेमा बोल्दै आर्थिक रुपमा जनताको जीवन स्तरलाई प्रभावकारी बनाउन सहकारी प्रमुख माध्यम बनेको बताएका छन् । आर्थिक रुपमा जनता सक्षम हुँदा मात्र सहकारी अभियान सफल हुने भन्दै स्वच्छ र प्रारदर्शि रुपमा सहकारीहरुले आफ्ना काम गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा बोल्दै श्री शिखर जडिबुटि उत्पादक सहकारी संस्था लि.का अध्यक्ष नवराज उपाध्यायले सहकारीले शेयर सदस्यहरुलाई आत्मा निर्भर बनाउनका लागि उत्पादनमा जोड दिईरहेको बताएका छन् । साथै उनले सहकारीहरु उत्पादनमा जोडिनुपर्छ भन्ने भावनाका साथ श्री शिखर जडिबुटि उत्पादक सहकारी संस्था लि.ले शिखर आचार उत्पादन गरी देश र विदेशसम्म शिखर अचारको बजारिकरण गर्ने लक्ष्य लिईरहेको जानकारी समेत दिएका छन् । कार्यक्रममा बोल्दै नमस्ते सहकारीका कोहलपुर शाखा प्रमुख शालिकराम डाँगिले सहकारीहरु उद्यमशिलतामा कसरी जोडिन सकिन्छ भन्ने चिन्तन भईरहेको जानकारी दिँदै अब समाजको गरिबीलाई न्यूनिकरण गर्नका लागि सहकारीहरु उद्यमशिल हुन आवश्यक रहेको बताएका छन् ।
साथै कार्यक्रममा श्री शिखर जडिबुटि उत्पादक सहकारी संस्था लि.मा आवद्व विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ । सहकारीले बाल बचत तर्फ प्रशिखा ढकाल, यूवा बचत तर्फ मातृका रेग्मी र राधाकृष्ण उपाध्याय, खुत्रुके बचत तर्फ कमला कुमारी केसी, अनमोल राना, ऐच्छिक बचत तर्फ ऐविका डाँगि, समूह बचत तर्फ शुशिला रेग्मी, गहनान बचत तर्फ माया नेपाली, उत्कृष्ट व्यवसायी तर्फ रणुसिंह ठकुरी, दैनिक बचत तर्फ बल बहादुर शाही, कृष्णी चौधरी र लक्ष्मी रेग्मीलाई सम्मान गरिएको छ । साथै कार्यक्रममा संस्थाको संस्थापक तर्फ यूवराज चन्द (संस्थापक कोषाध्यक्ष), पत्रकार तर्फ कोहलपुर टाईम्सका प्रकाशक विष्णु वेल्वासे, सहकारी व्यक्तित्व तर्फ विजया धिताल, जेष्ठ सदस्य तर्फ शिलादेवि राम्जा पुन, मुद्यती बचत तर्फ मनोज कुमार थारु र एसईई तmर्प उत्कृष्ट सन्देश थापा, रेणुका उपाध्यायलाई सम्मान गरिएको छ । त्यसै गरी सहकारीमा आवद्व समूहहरु मध्ये उत्कृष्ट समूहहरु अरनिको बचत समूह बेजनाथ–५, क्रियाशिल बचत समूह बैजनाथ–८, सुवर्ण बचत समूह बैजनाथ–३, पञ्चमुखी बचत समूह कोहलपुर–१३ र मनकामना बचत समूह कोहलपुर–६ लाई सम्मान गरिएको छ । संस्थाका कुल करोबार ७ करोड र शेयर पूँजी ९० लाख रहेको छ भने संस्थाका शेयर सदस्य १९ सय ९५ जना रहेका छन् । साथै कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने कार्यक्रममा संस्था शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।