कोहलपुर –६ मा नेकपा नेता राम प्रसाद थारुसहित सयौं कार्यकर्ता काँग्रेसमा प्रवेश

पिपलबाेट संवाददाता


कोहलपुर –६ मा नेकपा नेता राम प्रसाद थारुसहित सयौं कार्यकर्ता काँग्रेसमा प्रवेश
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा हुन गईरहेको उपनिर्वाचनको अन्तिम दिन भएको कोण सभाको कार्यक्रममा नेपाली काँग्रेस पार्टीमा नेकपाका नेता तथा कार्यकर्ताले काँग्रेस पार्टी प्रवेश गरेका छन् । माओवादीको जनयूद्धकालमा नेकपा माओवादी र हाल नेकपामा रहेका राम प्रसाद थारु सहित सयौं नेता तथा कार्यकर्ताले नेपाली काँग्रेस पार्टी प्रवेश गरेका छन् । नेपाली काँग्रेस कोहलपुरले आयोजना गरेको चुनावि सभाको अवसरमा कोहलपुर नगरपालिका वडा नं. ६ रझेना गाउँका एक सय भन्दा बढि नेता तथा कार्यकर्ताले नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । जनयुद्धकाल देखि नेकपा माओवादी भएका राम प्रसाद थारु लगायत हाल पार्टी एकिकृत भएपछि नेकपा पार्टीका सयौं नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेका सभापति माधवराम खत्रीले बताएका छन् । साथै उनले कोहलपुर नगरपालिका वडा नं. ६ मा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेद्वार श्रीकृष्ण थारुको विजय भईसकेको बताएका छन् ।
साथै आज नेपाली काँग्रेस कोहलपुरद्धारा वडा नं. ६ को रझेनामा आयोजित कोण सभामा बोल्दै नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभाका सदस्य सञ्जय गौतमले वर्तमान सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकार विरुद्ध जनताले उपनिर्वाचनमा काँग्रेसलाई मत दिएर विजय गराउनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य गोपाल दहित, नेपाली काँग्रेस बाँके पार्टी सभापति किरण कोइराला, नेपाली काँग्रेस प्रदेश नं. ५ का संसदिय दलका सचेतक सुरेन्द्र हमाल, प्रदेश सभा सदस्य याकुप अन्सारी र भुवानेश्वर थारुले नेपाली काँग्रेस जनताको पार्टी भएकाले उपनिर्वाचनमा काँग्रेसलाई नै विजय गराउन अनुरोध गरेका छन् । साथै उनीहरुले केन्द्र, प्रदेश र स्थानिय सरकारमा नेकपाको सरकार भए पनि जनताको चाहान अनुसारको विकास हुन नसकेको भन्दै अब त्यसको जवाफ कोहलपुरका जनताले मतदानबाट काँग्रेसलाई विजय गराउन आग्रह गरेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेका पार्टी सभापति माधवराम खत्री, कोहलपुर नगर सभापति बलाराम शर्मा, महासमिति सदस्य विनोद थारु, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी थारु, नेपाली काँग्रेस बाँके उपसभापति फुलाराम थारु, नेपाली काँग्रेसका नेता कृष्ण कार्कीले कोहलपुरको विकास र समृद्धिका लागि नेपाली काँग्रेसका यूवा नेता श्रीकृष्ण थारुलाई मत दिन सबैलाई आग्रह गरको छन् । साथै उनीहरुले वर्तमान केपी शर्मा ओलि नेतृत्वको सरकारले गरेका जनविरोधी कामको विरोध मतदानबाट नै गर्न कोहलपुर नगरपालिका वडा नं. ६ जनतालाई अनुरोध गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. ६ का चुनाव प्रचार प्रसार समितिका संयोजक लिल बहादुर रानाले कोहलपुर वडा नं. ६ मा नेपाली काँग्रेसका उम्मेद्वार श्रीकृष्ण थारुले विजय प्राप्त गरी सकेको बताउँदै वडा नं. ६ का जनताले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका छन् । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस नगर सचिव भूम बहादुर भण्डारीले गरेका थिए ।

११ मंसिर २०७६ मा प्रकाशित
Nabintech