बागेश्वरी क्याम्पसमा नेविसंघका नेता माथि हातपात, दोषिलाई कारवाहीको माग

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका नेता माथि हातपात भएको छ । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्यसमितिका सहसचिव यूवराज आचार्य माथि अनेरास्वीयूका नेता दिनेश केसीले हातपात गरेको भन्दै नेविसंघ बागेश्वरी क्याम्पस ईकाई कार्यसमितिले विरोध जनाएको छ । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई सभापति राम प्रसाद पाण्डेले एक प्रेस विज्ञप्ती जारी गर्दै नेविसंघका नेताआचार्य लगायत विद्यार्थीहरुले बल खेलिरहेको अवस्थामा काम छ भनि बोलाएर निवर्तमान स्ववियू सभापति समेत रहेका दिनेश केसी र राजेश वलीले हातपात गरेको भन्दै तत्काल दोषिलाई कारवाहीगर्न प्रशासनलाई आग्रह गरेकोछ । साथै विज्ञप्तीमा क्याम्पसभित्र यस्ता अबद्र व्यवहार गर्नेलाई तत्काल कारवाही नगरे नेविसंघ स्वयम् कारवाही गर्ने चेतवानी समेत उल्लेख गरिएको छ ।
साथै अनेरास्ववियू बागेश्वरीक्याम्पसका अध्यक्ष हेमन्त भट्टराईले सामान्य विवादलाई राजनीतिकरण गर्न नहुने भन्दै साथीहरुको सामान्य विवाद भएको बताएका छन् । अनेरास्ववियूकानेता देवेन्द्र बुढा र नेविसंघका नेता यूवराज आचार्य बिच सामान्य विवाद भएकोभन्दै यसलाई अन्यथा नलिन नेविसंघलाई सुझाव दिएका छन् ।

१७ मंसिर २०७६ मा प्रकाशित
Nabintech