कोहलपुरमा११ औं क्रिसा रनिङ शिल्ड प्रतियोगिता हुँदै

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा ११औं किर्सा रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । संस्थागत विद्यालयको छाता संगठन क्रिसा कोहलपुरले यहि मंसिर २५,२६ र २७ गते सम्म संचालन हुने क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन । क्रिसामा आवद्ध ३९ वटा विद्यालयका करिब पाँच हजार विद्यार्थीले सहभागिता रहने उनले बताए । प्रतियोगिता प्रावी र माबी तहमा हुने जानकारी दिईएको छ । प्रतियोगितामा प्रावि तह तर्फ फाईभ ए शिल्ड फुटबल, म्युजिकल चिएर, एक सय मिटर र ४ सय मिटर दौड तथा मावि तह अन्तर्गत एक सय, १५ सय मिटर, चार सय मिटर रिले दौड, लङ्न जम्प, सटपुट र भलिबलका खेलहरु सञ्चालन गरिने उनले बताएका छन् । प्रतियोगितामा करिब १० लाख लागत लाग्ने अनुमन गरिएको छ भने कोहलपुर नगरपालिका एक लाख आर्थिक सहयोग गरेको छ । प्रतियोगितालाई सम्पन्न बनाउनका लागि विद्यार्थी, शिक्षक, अभिभावक लगायत सम्पूर्ण अनुरोध गरेका छन् ।

१७ मंसिर २०७६ मा प्रकाशित
Nabintech