बाँकेको कोहलपुरमा रहेको बागेश्वरी क्याम्पसका विभिन्न पार्टीका विद्यार्थी संगठन पछिल्लो समय सहयोगि बन्दै छन् । नेकपासँग आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र नेपाली काँग्रेससँग आवद्ध नेपाल विद्यार्थी संघले सहयोगिको भूमिका खेलिरहेका छन् । केहि समय अघि अनेरास्ववियूले हेल्प डेक्स खोलि विद्यार्थीहरुको भर्ना फारम, परिक्षा फराम लगायतका काम गरिरहेको अनेरास्ववियू बागेश्वरीका अध्यक्ष हेमन्त भट्टराईले जानकारी दिएको छ । त्यस्तै नेपाल विद्यार्थी सँगले बागेश्वरी क्याम्पस कोहलपुरकै गेटमा हेल्प डेक्स स्थापना गरी विद्यार्थीहरुलाई प्रशासनिक काममा सहयोग गरिरहेको नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पसका सभापति राम प्रसाद पाण्डेले जानकारी दिएका छन् । क्याम्पस प्रशासनका कर्मचारीले विद्यार्थीहरुलाई विभिन्न कारणले दुख दिने गरेकाले हेल्प डेक्स स्थापना गर्नुपरेको दुई विद्यार्थी संगठनको दावि रहेको छ । क्याम्पस प्रशासनले विद्यार्थीहरुको काम समयमा नगरिदिने भएकै कारण हेल्प डेक्स स्थापना गर्नुपरेको भट्टराई र पाण्डेले बताएका छन् । पछिल्लो समय क्याम्पस प्रशासनसँग जोडिएका विषय विद्यार्थी संगठनले गरिरहेको एक विद्यार्थीले बताएका छन् । दुबै विद्यार्थी संगठनका नेताहरु बिहानदेखि नै हेल्प डेक्समा बसिरहेको अनेरास्ववियूका नेता देवेन्द्र बुढाले जानकारी दिएका छन् । क्याम्पसमा विद्यार्थीको संख्या धेरै बनाउनका लागि विद्यार्थीहरुलाई सहयोग गरिरहेको नेविसंघ बागेश्वरीका नेता राम राज मल्लले जानकारी दिएका छन् । विद्यार्थीहरुले क्याम्पसमा सहज रुपमा सेवा पाईरहेको बेला दुबै विद्यार्थी संगठन एक अर्काका आरोपमा उत्रेका छन् । दुबै विद्यार्थी संगठन मिलेर काम गर्नुपर्ने क्याम्पसका प्राध्यापक ललित प्रकाश चन्दले बताएका छन् । त्यस्तै विद्यार्थी संगठनले क्याम्पसमा राजनीतिकरण गर्न आवश्यक नरहेको क्याम्पसका प्राध्यापक एकराज शर्माले बताएका छन् । पछिल्लोसमय क्याम्पस प्रशासन कसैसँग पनि सहकार्य नगरी विभिन्न गतिविधि गरीरहेको भन्दै सबैको सहकार्यमा क्याम्पसका गतिविधि गर्न माग गरिरहेका छन् ।