नीति, कार्यक्रम तथा बजेटमा आफ्ना माग समेट्नु पर्ने भन्दै ज्ञापन पत्र

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा आफ्ना माग समेट्नु पर्ने भन्र्दै कोहलपुर डेरी एशोसियसनले कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतलाई आईतबार ज्ञापन पत्र बुझाएको छ । कोहलपुर नगरप्रमुखलाई बुझाएको ज्ञापनपत्रमा प्रशोधनका लागि आवश्यक पर्ने सामग्रीहरु साझेदारीमा कार्यक्रम समावेश गर्नुपर्ने, साना तथा मझौला घरेलु उद्यमीहरुद्धारा सञ्चालनमा रहेको डेरी उद्योगिहरुलाई विद्युत सहुलिएत पूर्ण विजुलि उपलब्ध गराउन पहल गर्नुपर्ने, सहुलिएत ऋण प्रयोजना धितोका आधारमा उपलब्ध गराउन सहजिकरण गरिदिन माग गरिएको छ । त्यस्तै डेरी उद्योगहरुलाइ गुणस्तरिय तालिमको वातावरण मिलाइदिने , सहुलियत ऋण प्रायोजन धितोका आधारमा उपलब्ध गराउने, किसानलाइ सहकारी मार्फत नभई व्यवसायिक किसानलाई उत्पादनका आधारमा सहुलियत अनुदान सहयोग वातावरण मिलाइदिने, साना मझौला डेरीका उद्योगी बेरोजगार युवाहरुलाई नयाँ प्रविधि आकर्षण गर्दै आफ्नै देशमा काम गर्ने वातारवरण मिलाउन माग सहितको ज्ञापन पत्र बुझाईएको कोहलपुर डेरी एशोसियसनका महासचिव सन्तोष पौडेलले जानकारी दिएका छन् । साथै उनले गोठदेखि ओठसम्मको नारा डेरी एशोसियसनले पहल गरिदिने बताएका छन् । ज्ञापन पत्र बुझ्दै डेरी एशोसियसनका मागहरुलाई सम्बोधन गर्न कोहलपुर नगर आवश्यक नीति लिने नगर प्रमुख लुट बहादुर रावतले जानकारी दिएका छन् ।

१५ असार २०७७ मा प्रकाशित
Nabintech