मृगौला पिडित वि.क.लाई तरुणका युवा नेता थापाको सहयोग

पिपलबाेट संवाददाता


लामो समयदेखी दुबै मृगौलामा समस्या भएपछी आर्थिक अभावका कारण उपचारको समस्या झेल्दै आइरहेका बर्दिया गेरुवा गाँउपालिका वडा नं. ४ मैनापोखरका गोपाल वि.क. नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ३ महिनादेखी भुइमै बास भएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण बन्दाबन्दीको समयमा समेत ३ महिनादेखी अस्पतालमै तेस्रो तलाको बाहिरपट्टी भुइमा उनी बसिरहेका छन् । हप्तामा २ पटक मृगौलाको डाइलेसिस गर्नुपर्ने भएपछी घरबाट अस्पताल आउन असहज भएकाले अस्पतालमै बास बस्न परेको पिडित वि.क. बताउछन् ।
बुधबार आफ्नो गाँउपालिका छिमेकी मृगौला पिडित वि.कको खबर सुनेपछी बर्दिया जिल्ला गेरुवा गाँउपालिका वडा नं. १ का नेपाल तरुण दलका युवा नेता भुवन थापाले मृगौला पिडित वि.क.को परिवारलाई नगद ५ हजार र मास्क , सेनिटाइजर सहयोग गरेका छन् ।
थापाका अनुसार दुखमा परेका मानिसहरुलाई सहयोग गर्नु सबैभन्दा ठुलो धर्म हो भन्ने उदेश्यका साथ आफुले सक्दो सहयोग गरेको थापाले बताएका छन् । गेरुवा गाँउपालिकामा सामाजिक सेवा संगै युवाहरुको मन जित्न सफल भएका थापा यशोदा फुड प्रालि कम्पनी बुटवलका सफल वैधानिक प्रतिनिधी समेत रहेका छन् ।
थापाको सानो सहयोगले पनी मृगौला पिडित वि.क.का परिवारलाई उपचारमा सहयोग हुने परिवारले बताएका छन् । आगामी दिनमा थप सहयोग गर्ने र आफ्नो गाँउपालिका भित्र दुखमा परेका मानिसहरुलाई सहयोगका कार्यक्रमहरु निरन्तर गर्ने युवा नेता भुवन थापाले बताएका छन् । मृगौला पिडित वि.कका परिवारलाई आर्थिक हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दल कोहलपुरका उपसभापती गोपाल जि.एम. , नेपाली कांग्रेश कोहलपुर नगरका सचिव भुम भण्डारी, लगायतको सहभागिता रहेको थियो ।

१८ असार २०७७ मा प्रकाशित
Nabintech