ज्ञानोदय पुस्तकालय द्धारा सटर भाडा छुट

पिपलबाेट संवाददाता


 

कोरोना समस्याले अस्तव्यस्त भएको अवस्थामा कोहलप’रमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले व्यवसायीहरुलाई एक महिनाको सटर भाडा छुट दिने भएको छ ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आईतबार बसेको कार्यसमितिको बैठक वाट यस्तो निर्णय गरिएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले वताए । कोरोना समस्याका कारण भएको लकडाउनका कारण हाल देखिएको आर्थिक मन्दीले व्यवसाय चौपट्ट भएको बताउँदै न्युनतम एक महिनाको भाँडा छुट गरी व्यवसायीलाई राहात दिने निर्णय गरिएको भट्टराईले बताए । पुस्तकालयमा आए श्रोत भनेकै सटर भाडा हो । त्यहि भाडाले तिन जना कर्मचारीको तलव भत्ता र कार्यालय खर्च चल्ने गरेको हुदा बन्द अवधि भरीको भाडा छुट गर्न नसकेको भट्टराईले वताए । आफुहरुले यस समस्याको घडीमा कोहलपुरमा रहेका सम्पुर्ण पत्रकारहरुलाई एन नाईटी पाईभ माक्स र सेनिटाईजर वितरण गरेको र रिड नेपाल द्धारा संचालित सामुदायिक पुस्ताकालयको केन्द्रिय राहात कोषमा २७ हजार रकम समेत सहयोग गरेको उनले वताए । आफुहरुले वार्षिक रुपमा विभिन्न साभाजिक कामहरु समेत गदै आएको वताए । कोहलपुर नगरपालिकार नगरविकास समिति र विभिन्न संस्थाहरुका सटरहरुको भाडा छुट नगरिरहेको अवस्थामा पुस्तकालयले एक महिनाको भाडा छुट गरेर यस समस्याको घडीमा आफुहुलाई सहयोग गरेकोमा आफुहरु खुसी भएको सटर भाडामा बस्ने बाबुराम न्यौपानेले वताए ।

१८ असार २०७७ मा प्रकाशित
Nabintech