एकघण्टाको छलफलपछि प्रचण्ड बालुवाटार फर्किए

पिपलबाेट संवाददाता


नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । केहीबेर बसेर अवरुद्ध भएको स्थायी कमिटी बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि दाहाल शीतलनिवास पुगेका थिए । त्यहाँ उनले करिब एकघण्टा बिताएका थिए ।

१८ असार २०७७ मा प्रकाशित
Nabintech