सुर्तीजन्य सामाग्री बरामद

पिपलबाेट संवाददाता


पछिल्लो समयमा भारतिय नाकाबाट लुकाइछिपाई सुर्तीजन्य पदार्थहरु भित्रिने गरेको छ । शुक्रवार सशस्त्र प्रहरीले भारतबाट भित्र्याउँदै गरेको अवैध सुर्तीजन्य सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले आज बिहान भारतबाट अवैध रुपमा बाँकेमा भित्रीदै गरेको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको छ । बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १को रामपुर भन्ने स्थानबाट सुर्तीजन्य सामाग्रीसहित दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती १३ सय पोका, बिडी ३८७ पोका , कमलापसन्द १०० डिब्बा, किशोरीलाल सुर्ती ११ पोका, नेस्ले ३६ डिब्बा र तस्करीमा प्रयोग भएको दुई वटा मोटरसाइकल रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बरामदी सामाग्रीको मूल्य ३ लाख ६३ हजार ५१५ रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणले जानकारी दिएको छ ।

१९ असार २०७७ मा प्रकाशित
Nabintech