सडक निर्माणमा देखिएको चौतर्फी बिबाद

समय थप भए काम पुरा गरेर देखाउछु : निर्माण व्यवयायी


पिपलबाेट संवाददाता


सांसद विकास कोष र कोहलपुर नगरपालिकाको साझेदारीमा सुचारु भएको सडक निर्माण केही दिन यता बिबाद उत्पन्न भएको छ । सांसद विकास कोषबाट २०७६।०७७ मा ५० लाख र कोहलपुर नगरपालिकाबाट १० लाख रकम बिनियोजित भएको थियो ।
६० लाखको योजनामा कोहलपुर नगरपालिका वडा नं ६ को दिव्या विद्या सदन विद्यालय स्कुल हुँदै बरको बुट्टा सम्म ६ सय १० मिटर बाटो कालापत्रे गर्ने योजना निशास बिल्र्डस निर्माण प्रालिलाई रु.३६ लाखमा टेन्डर परेको थियो । उता कालोपत्रे योजना सम्पन्न नहुदै टेन्टर प्रक्रियाबाट बचेको २४ लाख रकम कोहलपुर नगरपालिका कार्यालयले उपभोक्ता समिती मार्फत २ सय ८० मिटर बाटो ग्राभेल र १ सय ५० मिटर नाली निर्माणको लागि उपभोक्ता समितीलाई ,जिम्मा दिइएको थियो । कोहलपुर नगरपालिकाले २८० मिटर बाटोलाई २३ लाखमा ग्राभेल र ६१० मिटरलाई ३६ लाख बराबरको  कालो पत्रे गर्ने जिम्मा दिइएकोले वडा नं. ६ मा बाटो निर्माणमा बिबाद चुलिदै गएको हो । उपभोक्ता समितीका अध्यक्ष कर्ण बहादुर भण्डारीले नगरपालिकाले दिएको स्टमेट अनुसार आफुहरुले काम गर्ने र कति मिटर बाटो ग्राभेल गर्ने हो आफुलाई पूर्ण रुपमा जानकारी नभएको बताए ।
श्रोतका अनुसार कालोपत्रे गर्ने निर्माण व्यवसायी निसान विल्र्डसले फागुन १५ गते कार्यआदेश प्राप्त गरी ग्राभेल एवं काम थालनी गरेको गेडरको काम थालनी गरेको र लगतै तत्काल कोरोना भाइरसका कारण बन्दाबन्दी भएको ले बाटो निर्माणका लागि आवश्यक कच्चा पदार्थ अभाव भएको र म्याद थप भएमा २ महिना भित्र काम सम्पन्न गर्ने निर्माण व्यवसायी मुकेश खड्काले बताए । साथै टेन्डरबाट बाँकी रहेको २३ लाख रकम उपलव्ध गराएमा बाँकी रहेको बाटो कालोपत्रे गरिदिने दाबी गरे ।  निसान विल्र्डसले फागुन १५ सम्झौता गरेको थियो । श्रोतका अनुसार नगरपालिकाले आफु निकट उपभोक्ता समितीबाट छुट्टै बाटो ग्राभेल गर्ने काम गराउदा ठुलो रकम हात पार्न लागेको हुँदा उक्त बाटोमा बिबाद उत्पन्न भएको एक जना स्थानिय बासिले बताए ।
साथै स्थानिय बासिले विकास निर्माणका कामहरु सम्झौता अनुसार समयमा नभएको भन्दै ज्ञापन पत्र बुझाएर कोहलपुर नगरपालिका वडा नं. ६ को कार्यालय र नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेको वडा नं. ६ का स्थानिय बासि शिव डांगीले बताए ।
स्थानिय बासि शिव डांगीका अनुसार वडा नं.६ का अध्यक्ष रामशरण थारु सहितको टोलीले छलफल निष्कृर्ष बिहिन भएपछी ताला बन्दी गर्नुपरेको उनले बताए ।  सडक निर्माणको बिबादका विषयमा संघिय सांसद महेश्वर गहतराज (अथक) ले कोहलपुर नगरपालिका वडा नं. ६ का स्थानिय बासिहरुको समस्यालाई मध्यनजर गरी आफ्नो सांसद विकास कोषबाट ५० लाख रकम नगरपालिका लाई बाटो निर्माणको लागि उपलव्ध गराएको र नगरपालिकाले नै टेन्डर आवहान र उपभोक्ता मार्फत ग्राभेल कामको जिम्मा दिएको हो , काम समयमै सम्पन्न हुनुपर्छ समयमै सम्पन्न नभए रकम फ्रिज भएर जाने उनले बताए । उक्त सडक निर्माण ३६ लाख रकमले ६ सय १० मिटर सडक कालोपत्रे हुने र २३ लाख रकमले २ सय १० मिटर सडक ग्राभेल हुने विषयले आर्थिकको ठूलो चलखेल हुने देखिएको छ । राज्यले विकास निर्माण छुटाएको रकम सही सदुयोग नहुुदा कोहलपुर नगरको विकासले गति लिन नसकेको स्थानियबासी बताउछन् ।

१९ असार २०७७ मा प्रकाशित
Nabintech