७ वर्षिय बालकको घाँटी रेटेर हत्या गर्ने प्रयास

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ का एक बालकको घाँटी काटेर हत्या गर्ने प्रयासमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
राप्तिसोनारी गाँउपालिका वाड नं. ९ बस्ने ३४ वर्षिय बिजय चन्दले कोहलपुर वडा नं. १३ खड्कवार निवासी ७ वर्षिय बालक रोमित थारुको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए ।  रोमित थारु मामाको घरमा रोपाइँ गर्न गएका बेलामा चन्दले धारिलो हतियार हँसिया प्रयोग गरी घाँटीको पछाडी रेटेर घाइते बनाएका थिए । घाइते बालकको अहिले नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर मा उपचार भइरहेको छ । घटनाका बारेमा इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको बताएको छ । पछिल्लो समयमा यस्ता अपत्यारिला खालका घटनाहरु बाँकेमा घटिरहेका छन् ।

१९ असार २०७७ मा प्रकाशित
Nabintech