कोहलपुरका क्वारेन्टाइनमा रहेका १४०० जना मध्य १७ जना मात्र संक्रमित पुष्टी

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाले विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा १४०० जना व्यक्ति राखिएको थियो ।
क्वारेन्टाइनमा राखिएका १४०० जनामध्य ८०० आडिटि,र ६०० पिसिआर चेक गरिएको कोहलपुर स्वास्थ्य प्रमुख डिल्ली पोख्रेलले वताए । परिक्षण गरिएका मध्य १७ जना कोरोना संक्रमित भेटएिको पोख्रेलले जानकारी दिए । ति १७ मध्य ५ जना आईसोलेसन बसेर निको भएर घर गैसकेको वताए ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाले नगर क्षेत्रभित्र कोरोना संक्रमण फैलिन नदिन सवै सरोकारवाला सजक रहेको वताए । हाल नगर रहेका विभिन्न क्वारेन्टाइनमा ६२ जना ब्यक्ति रहेको छन् । जस मध्य वडा नं २ को लक्ष्मी माविमा ९ जना ,वडा नं. ४ सगरमाथा माविमा ६ जना , वडा नं. ५ सिर्दाथ निमाविमा ४ जना ,वडा नं. ९ आधारभुत प्राविमा २ जना ,वडा नं. ११ बागेश्वरी क्याम्पसमा २७ जना र वडा नं. १२ ज्ञानज्योती माविमा १४ जना हरेका छन् । बागेश्वरी क्याम्पसमा रहेका १५ वाहेक सवैको पिसिआर चेकको लागी स्वाव संकलन गरि पठाई सकेको पोख्रेलले वताए । उनिहरुको रिपोट आए पछि घर पठाउने कार्य हुने वताए । हाल संक्रमित देखिएका १२ जना मध्य ३ जना महिला सुशिल कोईराला प्रखर क्यानसर अस्पताल खजुरा र बाकि ८ पुरुष १ महिला कृषि तालिम केन्द्र पिपिरीमा राखिएको वताए । उनिहरुको स्वास्थ्य अवस्था समेत समान्य रहेको जानकारी दिए । अव नगरले एउटै साझा क्वारेन्टाइन वनाएर राख्नु पर्ने अवस्था आएको पोख्रेलले वताए । हाल विभिन्न क्षेत्रवाट होम क्वारेन्टाइन वनाएर घर पठाउने भन्ने कुरा आई रहेको हुदा कोहलपुर स्वास्थ्य शाखाले यस्तो कार्य गर्न नहुने भनेर नगरपालिकालाई सल्लाह समेत दिएको वताए । पोख्रेलले समयमा कोहलपुरका विभिन्न संघ संस्था ,ब्यक्तिहरु वाट भएको सहयोग अति महत्व पुर्ण रहेको समेत वताए । यस्ता सहयोगि हातहरुलाई नगर स्वास्थ्यको तर्फ वाट धन्यवाद समेत दिए ।

२२ असार २०७७ मा प्रकाशित
Nabintech