बाँके र बर्दियामा युनेस्को बाँकेद्धारा थप स्वास्थ्य सामाग्री प्रदान

पिपलबाेट संवाददाता


नेपालगन्ज । विगत केहीदिन यता दिनिदिनै बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहमा कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण गर्दै आएको बाँके युनेस्को क्लबले बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित लक्ष्मी माध्यामिक विद्यालयको होस्टलमा रहेको क्वारेन्टाइनका लागि क्लबले हाइजिन किट र डिगनिटी किट उपलब्ध गराएको छ ।

वडा नम्बर २ का अध्यक्ष मदन ओलीमार्फत क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले हाइजिन किट र डिगनिटी किट वितरण गर्नु भएको थियो । यसअघि बाँके र बर्दिया दुबै जिल्लाका विपद व्यवस्थापन समिति र विभिन्न स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री क्लबले वितरण गरिसकेको छ ।यस्तै बर्दियाका थप तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

स्टार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र इस्लामिक रिलिफ नेपालद्वारा बाँके युनेस्को क्लबलाई प्रदान गरिएका क्वारेन्टाइन व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरुलाई बर्दियाको बारबर्दिया, ठाकुरबाबा र बाँसगढी नगरपालिकालाई हस्तान्तरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो । हाथ धुने ट्यांकीसहितको सेट, हाइजिन किट, पीपीई, डिग्नीटि किट, बकेट मग र सरसफाइका सामाग्री बर्दियाका तनिवटै नगरपालिकालाई हस्तान्तरण गरिएको उहाँले बताउनु भयो ।

बारवार्दिया नगरपालीकामा बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी र कार्यकारी निर्देशका रवि तुलाधरले नगर प्रमुख दुर्गा वहादुर थारू ९कविर ० लाई सो सामाग्री हस्तान्तरण गर्नु भएको छ । यसैगरि ठाकुरबाबा नगरपालिकामा पनि क्लबका अध्यक्ष चौधरी र कार्यकारी निर्देशका तुलाधरले नगर प्रमुख घन नारायण श्रेष्ठलाई सो सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

सोही प्रकारले क्लबका अध्यक्ष चौधरी र कार्यकारी निर्देशका तुलाधरले बाँसगढी नगरपालिकाका अधिकृत नरेन्द्र गिरीलाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो । कोभिड १९ विरुद्धको अभियानलाई शसक्त बनाउन बाँके र बर्दियाका स्थानीय तहमा रहेका क्वारेन्टाइनका लागि ती सामाग्रीहरु उपलब्ध गराइएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो ।

२३ असार २०७७ मा प्रकाशित
Nabintech