कोहलपुर नगरपालिकाले स्थापना गरेको आईसुलेसनबाट विहिवार दुई जना कोरोनालाई जिति कोरोना मुक्तm भएका छन् ।
कोहलपुर नगरपालिका वडा नं. ९ मा रहेको कृषि तालिमकेन्द्र पिपिरिमा रहेका ९जना मध्य कोरोना मुक्त हुने दुई जना कोहलपुर नगरपालिका वडा नं. २का रहेका छन् ।उनिहरुलाई आजै घर पठाईएको कोहलपुर स्वास्थ्य प्रमुख डिल्ली पोख्रेलले वताए । कोहलपुर नगरपालिकाका दश जना मानिस हाल आईसोलेसन मा रहेको स्वास्थ्य प्रमुख पोख्रेलले वताए । जस मध्य तिन जना महिला सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा र बाकि ७ जना तालिम केन्द्र पिपिरीमा रहेका वताए । कोरोना जित्यकाहरु लाई प्रमाण पत्र दिई कोहलपुर नगरपालिकाका मियर लुट वहादुर रावतले विदाई गरेका थिए । नगर प्रमुख रावतले अव कोहलपुरमा बाहिर वाट आउनेहरुको चाप कम भएकाले अव साझा क्वारेनटाईन वनाउने वताए । अव वडाहरुमा संचालन गरेका क्वारेनटाईनहरुमा वस्नेहरुको चाप पनि कम भैसकेको अवस्था रहेको वताए । यस्तो विषम अवस्थामा कोहलपुर नगरपालिका लाई सहयोग गर्ने सवै लाई धन्यवाद समेत रावतले दिए । समस्या समाधान गर्ने नगरबासीहरु एक भएर लागेको र अव पनि लाग्ने वताए ।