भाटभटेनीले बढायो चिनीमा १० रुपैयाँ

पिपलबाेट संवाददाता


नेपालगन्ज स् भाटभटेनी सुपरमार्केट नेपालगन्जले चिनीमा १० रुपैयाँ बढाएको छ ।
सुपरमार्केटको नेपालगन्ज शाखा प्रबन्धक पुष्कल राईका अनुसार चिनीको मूल्य र ढुवानीको दर बढेकाले मूल्यबृद्धि गरेको मेरो खुसीलाई बताए । प्रतिकिलो ५९ रुपैयाँमा बिक्री गर्दै आएको चिनीलाई भाटभटेनीले मंगलबारदेखि लागू हुने गरी मूल्यवृद्धि गरी ६९ रुपैयाँ कायम गरेको छ । प्रबन्धक राईले भने, ‘महोत्तरीको चिनी मिलमा हाम्रै खरिददर प्रतिकिलो ७० रुपैयाँ पर्छ । एक किलो चिनीमा कम्तीमा पाँच रुपैयाँ ढुवानी लाग्छ । त्यसमा १३ प्रतिशत भ्याट जोड्दा पनि हामीले प्रति किलो १५ रुपैयाँ घाटा खाएर जनतालाई सेवा गरेका छौं ।’ भाटभटेनीमा सस्तो दरमा पाएको चिनी बजारमा महंगोमा बेचिरहेको थाहा पाएपछि उसले प्रति ग्राहक एक किलो मात्र चिनी किन्न पाउने व्यवस्था गरेको छ । यसअघि ग्राहकले तीन किलो चिनी किन्न पाउँथे ।
नेपालगन्ज किराना व्यवसायी संघका अध्यक्ष फडाधर भण्डारीका अनुसार बाँके जिल्लामा चिनीकोे थोकमूल्य ८० रुपैयाँ छ । खुद्रामा भने ८५ देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ । अध्यक्ष भण्डारी भन्छन्, ‘वीरगन्जबाटै चिनी ल्याउँदा पनि थोकमूल्य ७८।५० रुपैयाँ पर्छ । थोक मूल्यमा बढीमा २० प्रतिशत नाफा लिएर खुद्रा मूल्यमा बेच्न सकिन्छ । प्रतिष्पर्धाको बजार भएकाले कसैले पनि २० प्रतिशत नाफा लिएर बेच्दैनन् ।’

२४ असार २०७७ मा प्रकाशित
Nabintech