कोहलपुर ट्राफिक प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण

पिपलबाेट संवाददाता


जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरलाई ट्राफिक दुर्घटना न्यूनिकरणका सामाग्रीहरु उपलब्ध गराइएको छ । विहिवार एक कार्यक्रमका बीच जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कोहलपुर नगरपालिकाको सहयोग एवम् ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरको समन्वय तथा व्यवस्थापनमा दुर्घटना न्यूनिकरणका लागि आवश्यक सचेतनामूलक सामाग्री उपलब्ध गराइएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिका नगर प्रमुख लुट बहादुर रावतले बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि नगरपालिकाको आर्थिक सहयोगमा हस्तान्तरण गरिएका जनचेतनामूलक सामाग्रीहरुले दुर्टटना न्यूनिकरण कार्यमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । नगर प्रमुख रावतले स्थानिय सरकार बढ्दो सवारी दुघंटनाको विषयमा संवेदनशील रहेकाले आवश्यक सहयोग एवम् समन्वय गर्न नगरपालिका सदैव तयार रहेको बताए ।
सामाग्री ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जिल्लामा ट्राफिक व्यवस्था व्यवस्थापनमा चुनौतीहरु देखिएको अवस्थामा नगरपालिकाको सहयोग र ज्ञानोदय पुस्तकालयको सहजिकरणमा उपलब्ध सामाग्रीहरुले दुर्घटना न्यूनिकरणमा ठुलो सहयोग मिलेको बताए । उनले आप्mनो कार्यालयमा अभाव रहेका प्लाष्टिक ब्यारिगेटर, प्लाष्टिक मोवाइल कोण, ट्राफिक जनचेतनामूलक बोर्डहरु, म्याजिक लाइटहरु, रिफ्लेटिन स्टिकरहरु लगाएतका अन्य सामाग्रीहरु उपलब्ध भएकाले अबका दिनमा ट्राफिक व्यवस्था व्यवस्थापनमा धेरै सहजता मिल्ने भन्दै सहयोगी संस्था र समन्वयकारी संस्थाप्रति सदैैव जिल्ला ट्राफिक कार्यालय आभारी हुने बताए । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सचिव शुसिल सापकोटाले सवारी दुर्घटना न्यूनिकरणका लागि कोहलपुर नेपालगञ्ज सडक अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएकाले ट्राफिक व्यवस्थापन पनि सोही अनुरुप अवलम्वन गर्नुपर्नेमा जोड दिए । आगामी समयमा निरन्तर रुपमा पुस्तकालय सामाजिक चासो र सामाजिक समस्या समाधान गर्न सदैव तप्तर रहने समेत प्रतिवद्वता व्यक्त गरेका छन् ।

२५ असार २०७७ मा प्रकाशित
Nabintech