बाँकेमा आमाछोरीलाई कोरोना

पिपलबाेट संवाददाता


बाँकेको नेपालगञ्जमा आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बुधबार नेपालगन्जमा थप २ जनामा कोरोना पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१४ का २८ र ४५ वर्षका दुई महिलामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमित नातामा आमाछोरी हुन् । संक्रमित आमाछोरी भारतको नानपाराबाट आएको उनीहरुले बताएका छन् । उनीहरुसँगै एकै परिवारका ७ वर्षकी बालिका र १७र१८ वर्षका पुरुष थिए । अरु दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएर घर फर्किसकेका छन् । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा २५ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताए ।

२५ असार २०७७ मा प्रकाशित
Nabintech