कोहलपुरमा थप एक जना कोरोना पोजेटिभ थपिए भेटिए

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकामा थप एक जनालाई कोरोना पुष्ठी भएकोको छ । यहि असार २२गते बागेश्वी बहुमुखि क्याम्पस कोहलपुरको क्वारेनटाईनमा बसेकाहरुको ७७ स्वाव संकलन गरि पिसिआर विधिवाट जाच गरिएको थियो । जस मध्य कोहलपुर नगरपालिका वडा नं. ६का एक पुरुषको कोरोना पोजेटिभ देखिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्ली पोख्रेलले वताए ।
कोहलपुर नगरपालिकामा कोरोना पोजेटिभको हाल सम्म १८ जना पुगेका छन् । जस मध्य ७जना निको भएर घर फर्किका छन् भने वाकि ११ जना आईसोलेसनमा रहेको स्वास्थ्य प्रमुख पोख्रेलले वताए । तिन जना महिला सुशिल कोईराला प्रखुर क्यान्सर अस्पताल खजुरा र बाँकि ८ जना कोहलपुर नगरपालिमा वडा नं. ८ मा रहेको कृषि तालिम केन्द्र पिपिरिमा रहेको पोख्रेलले जानकारी दिए । हाल आईसोलेसनमा रहेका सवै जनाको अवस्था सामान्य रहेको पोख्रेलले वताए । कोहलपुर नगरपालिकाका विभिन्न वडामा रहेका क्वारेनटाईन मध्य सवै हटाएर अहिले साझा एकमात्र क्वारेनटाईन वनाउने निर्णय भएको पोख्रेलले वताए । साझा क्वारेन्टाईनको रुपमा कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको बागेश्वरी बहुमुखि क्याम्पसलाई वनाउने भएको छ । अव जटिल अवश्था न आए सम्म अन्य क्वारेनटाईन वन्द गरिएको छ । विभिन्न वडामा एक दुई जना मात्र क्वारेनटाईनमा रहेको अवस्थामा क्वारेनटाईन वनाउदा धेरै र्खच आउने भएकाले यस्तो गरिएको पोख्रेलले वताए ।

२६ असार २०७७ मा प्रकाशित
Nabintech