अविरल वर्षाको कारण विभिन्न क्षेत्र डुवानमा

पिपलबाेट संवाददाता


कोहलपुर

बिहिबार राति देखि परेको अविरल वर्षाको कारण कोहलपुर लगाएत बाँके जिल्लाका विभिन्न ठाँउहरु डुवानमा परेको छ ।
कोहलपुर नगरपालिकाको सवै वडाहरु डुवानमा परेका छन् । कोहलपुर नगरपालिकामा विभिन्न विकास निर्माण गर्दा उचित खालको ढलको विकास नहुदा प्रत्येक वर्ष यस्तो समस्या आउने गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं. १४ हवल्दारपुरमा निर्माण गरिएको फन पार्कको पर्खाल वनाउदा मुर्गिया नाला मिचि वनाएको हुदा अहिले डुवानको समस्या परेको स्थानिय प्रमोद यादवले वताए । अहिले कोहलपुर नगरपालिका वडा नं. १४मा रहेका चिडिमार टोल पुरै जलमग्न भएको वताए । यस्तै कोहलपुर नगरपालिका वडा नं. ४ को किरण नालामा आएको वाढिले सेन्टर प्लाजा क्षेत्र आस पासमा पनि डुवान भएको छ ।
कोहलपुर नगरे पालिका वडा नं. १० को राम नगर पश्चििम आरामिल एरियामा वडा नं.६ र ११ सम्र्पुण पानि आउने भएकोले यो क्षेत्र प्रत्येक वर्ष डुवानमा पर्ने गरेको वडा नं. १० का वडा सदस्य ओम प्रकास वर्णवालले वताए । यसको लागी नगरपालिकाले र्दिघकालिन पानि निकासको लागी सोच्नु पर्ने अवस्था आएको वताए ।

२६ असार २०७७ मा प्रकाशित
Nabintech