कसरी पुग्यो व्यवसायीको पसलमा अनुदानको मल

पिपलबाेट संवाददाता


कृषकलाई अनुदानमा उपलब्ध गराइने मल व्यवसायीको पसलमा बिक्रीका लागि राखेको भेटिएको छ । बजार अनुगनमका क्रममा कोहलपुरको एक एग्रोभेटमा साल्ट टेड्रिङ्ग कर्पोरेसनबाट अनुदानमा बितरित मल बिक्रीका लागि फेला परेको हो । अनुदानको मल सहकारी मार्फत किसानले खरिद गर्न पाउँछन् ।
बजार अनुगमन टोलीले बिक्री गर्ने अनुमति समेत नलिई साल्ट टेड्रिङ्ग कर्पोरेसनबाट बितरित अनुदानको मल बिक्रि गरेको फेला पारेपछि कोहलपुरको बृष एग्रोसेन्टर संचालकलाई २० हजार जरिवाना गरेको जानकारी दिएको छ । साल्ट टेड्रिङ्ग कर्पोरेसनबाट अनुदानमा बितरित एम।ओ।सी। पोटास ७५ केजी मल अनुगमनका क्रममा बृष एग्रोसेन्टरमा फेला परेको र बिक्री गर्ने प्रमाण नदेखाएकोले जफत गरिएको अनुगमनमा संलग्न बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिएका छन् ।
यसै गरि सिंगल सुपर फस्फेट मलको खरिद बिल नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ९घ० को कसुरमा सोहि ऐनको दफा ३९ ९१० क बमोजिम तत्काल रु २० हजार जरिवाना गरिएको, ३ बोरा मललाई अनुमति नलिएसम्म बिक्री नगर्न आदेश दिइएको पौड्यालले बताए ।
अनुगमन टोलीले उक्त पसलबाट उपभोग्य म्याद समाप्त भएका बिभिन्न बिउँ र बिषादी गरि अनुमानित आठ हजार चार सय असी रुपैयाँ बरावरको सामान नष्ट गरिएको अनुगमन टोलीमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए । यसै गरि बढी मुल्यमा मल बिक्री गरेको जनगुनासो आए पछि कोहलपुर स्थित सहकारी संस्था लिमिटेडमा गरिएको अनुगमनका क्रममा युरिया मलका नाममा एलमुनियम सल्फेड मल बिल जारी नगरि बिक्री गरेको पाइए पछि अनुगमन टोलीले अनिवार्य रुपमा बिल जारी गरि मल बिक्री गर्न निर्देशन दिएको छ ।

मल बिक्री गर्दा स्वास्थ्य सतर्कता अपनाउने, सेवाग्राही मैत्री ब्यवस्थापनका मिलाउन अनुगमन समितिले सहकारीलाई भनेको छ । यसैगरि अनुगमन टोलीले कोहलपुर स्थित ओली एग्रोभेटलाई मुल्य सुचि नटाँसी बिक्री गरेकोमा अनिवार्य रुपमा मुल्य सुचि राख्न र उपभोग्य म्याद सकिएका बिउँ र बिषादीलाई नष्ट गर्न निर्देशन दिएको अनुगमनमा संलग्न कोहलपुर नगरपालिकाका अधिकृत बिर बहादुर बिकले जानकारी दिए ।

बजार अनुगमनमा बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्याल, नासु देवीलाल चौलागाई उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता बसन्त गौतम, कोहलपुर नगरपालिकाका अधिकृत बीर बहादुर बि।क, ऐ।का कृषि शाखाका चन्द्र बहादुर बुढा, गोबिन्द बहादुर रोकाय, इलाका प्रशासन कार्यालय कोहलपुरका गुणदेव ढकाल, कोहलपुर उद्योग बाणिज्य संघका सिता कार्की लगायतको सहभागिता रहेको थियो ।

२६ असार २०७७ मा प्रकाशित
Nabintech