कोहलपुरमा करेन्ट लागेर एक बालकको मृत्यू

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नं. १०मा करेन्ट लागेर एक जना वालको मृत्यू भएको छ । बिहिवार बेलुका देखि परेको अविरल वर्षाका कारण मोटर जडान गरिएको धारामा जोडिएको विद्युत करेन्ट लागेर मृत्यू भएको हो । कोहलपुर नगरपालिका वडा नं. १० का १४ बषिया डिजन गुरुङको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यू भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले वताए । बच्चाको पोष्ट माटम गर्ने भेरी अस्पताल नेपालगन्ज पठाईएको वताए ।

२६ असार २०७७ मा प्रकाशित
Nabintech