नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन अन्तगत हुने जिल्ला गाँउ तहका कार्यतालिका हेरफेर गरेको छ । सोमबार बसेको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशनको मिति यथावत राखी वडा तहदेखि जिल्ला र प्रदेशको अधिवेशनको कार्यतालिका परिमार्जन गरेको हो ।
१४ औँ महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमै गर्ने गरी अरु तहको अधिवेशन कार्यतालिका, समायोजन र कृयाशिल सदस्यता वितरण कार्यतालिका हेरफेर गरेको हो ।
बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन साउन १० गतेभित्र गरिसक्नुपर्ने निर्णय गरेको छ । गएको फागुनमै शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल सकिए पनि एक वर्ष थप भएको छ ।
यस्तो छ परिमार्जित कार्यतालिका स्
९क० समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि– २०७७ श्रावण १० गते भित्र ।
९ख० विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७७ असार २५ गतेदेखि २०७७ श्रावण मसान्तसम्म ।
९ग० प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि – २०७७ भाद्र मसान्तसम्म ।
९घ० नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि – २०७७ असोज १५ गते भित्र ।
९ङ० उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ असोज मसान्त भित्र ।
९च० क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरीरपुनरावेदन दिइसक्नु पर्ने अवधि – २०७७ कात्र्तिक मसान्त भित्र
९छ० उजुरीरपुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ मंसिर १५ गते भित्र ।
९ज० नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि – २०७७ मंसिर २५ गतेभित्र ।
९झ० केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७७ मंसिर मसान्त भित्र ।
अधिवेशनको कार्यतालिका स्
९क० गाउँ र नगर वडा अधिवेशन– २०७७ पुस ६ गते
९ख० गाउँरनगरपालिका अधिवेशन– २०७७ पुस ८ गते
९ग० प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ पुस ११ गते
९घ० प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते
९ङ० एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गते
९च० प्रदेश अधिवेशन– २०७७ माघ ६ गते
९छ० केन्द्रीय महाधिवेशन स् २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।