बाढी प्रतिकार्य प्रभावकारी वनाउन कृतिम घटना अभ्यास

पिपलबाेट संवाददाता


जिल्ला विपद् व्यवस्थापन समिति वर्दियाले वाढीको कृतिम घटना अभ्यास शुक्रबार गरेको
छ ।
वाढीको वखत हुनसक्ने मानविय तथा भौतिक क्षति तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउने उद्देश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि बबई नदिमा कृतिम घटना अभ्यास गरिएको हो ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना तथा रेडक्रसको सहभागितामा भएको वाढीको कृतिम घटना अभ्यासमा करिव १ सयजना सहभागी भएका थिए ।
जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार बबई नदिको भादा पुल नजिक गरिएको थियो ।
कार्यक्रमा प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समिति वर्दियाका अध्यक्ष लिलाधर अधिकारीले कृतिम घटना अभ्यासले वाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामाग्रीको पुर्वतयारी गर्न सहयोग पुगेको बताए । यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारी हुने छ । मनसुन सकृय रहेको र वाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको प्रजिअ अधिकारीले बताए ।
बाढी कृतिम अभ्यास कार्यक्रममा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र तथा सुरक्षा निकायमा रहेका रवर वोट, खोज तथा उद्धार सामाग्रीहरुको प्रयोग गरिएको प्रशासकिय अधिकृत नारायण प्रसाद ढकालले जानकारी दिए ।

२६ असार २०७७ मा प्रकाशित
Nabintech