बाँकेका आइसोलेसन सेन्टरहरु बन्द गर्न सुरु गरिएको छ। कोरोना संक्रमितको संख्या कम भएपछि बाँकेमा स्थापना गरिएका आइसोलेसन सेन्टरहरु आधिकारिक रुपमै बन्द गर्न थालिएको हो ।संक्रमितलाई शुरुवातमा राख्ने ठाउँ नहुँदा लायन्ससम्बद्धको उद्धारतापछि बनाइएको लायन्स डेन्टल अस्पतालको आइसोलेसन सेन्टर आधिकारिक रुपमै बन्द गरिएको छ।
शुरुवातका संक्रमितलाई राख्ने ठाउँ नहुँदा लायन्स डेन्टल अस्पतालमा राखिएको थियो । त्यहाँ प्रायः नरैनापुरका बिरामी बसेका थिए ।जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले कृषि तालिम केन्द्र, खजुराको आइसोलेसन सेन्टर पनि बन्द गरिएको जानकारी दिनुभयो ।
बाँकेमा १२ वटा आइसोलेसन सेन्टरमध्येमा अहिले पाँच वटामात्रै संक्रमित छन् । अरु आइसोलेसन सेन्टर खाली छन् । जिल्लामा अहिले २२ संक्रमित रहेका छन् । खजुराको क्यान्सर अस्पतालमा ६ जना, कृषि विकास तालिम केन्द्र पिपिरीमा ८ जना, आदर्शनगरको आइसोलेसन सेन्टरमा ६ जना, बैजनाथ र फत्तेपुरमा एक÷एकजनालाई राखिएको छ ।
बाँकेमा कोरोना संक्रमितको संख्या ३७० पुगेको छ । ति मध्ये अधिकांश निको भएर घर फर्किसकेका छन्। दुईजनाको भने मृत्यु भएको थियो ।