मध्यवत्र्तिका सामुदायिक वनहरु अधिकाश नविकरण बिनानै संचालनमा

पिपिलबोट डेस्क


बाँके राष्ट्रिय निकुञ्ज मध्यवत्र्ति क्षेत्र भित्रका धेरै जसो सामुदायिक वनहरु नविकरण तथा वार्षिक सार्वजनिक सुनुवाई गर्ने गरेका छैनन् ।
बाँके राष्ट्रिय निकुञ्ज लागु भइसकेपछी मध्यवत्र्ती क्षेत्र भित्र पर्ने ७४ वटा सामुदायिन वन उपभोक्ता समिती रहेका छन् । उक्त सामुदायिक वनहरुको नविकरण ,वार्षिक कार्ययोजना सबै निकुञ्ज अन्र्तगत नविकरण गर्ने प्रवधान रहेको छ ।  बाँके राष्ट्रिय निकुञ्ज अन्र्तगत पूर्वी सेक्टर मा पर्ने केही जनकल्याण सामुदायिक वन उपभोक्ता समिती ,दलितहित सामुदायिक वन उपभोक्ता समिती , रानिघाट सामुदायिक वन उपभोक्ता समिति ,नमूना सामुदायिक वन उपभोक्ता समितीको वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई विगत ३ वर्षदेखी गरेका छैेनन् ।
प्रत्येक आर्थिक वर्ष समापन भएको ३५ दिन भित्रमा सम्र्पूण सामुदायिक वनहरुले अनिवार्य सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रावधान रहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । सामुदायिक वनहरुले आफ्नो पञ्चवर्षिय कार्ययोजना बनाएर निकुञ्जलाई बुझाउनु पर्ने नियम रहेको छ । पञ्चवर्षिय भित्रका वार्षिक योजनाहरुको प्रगती प्रतिवेदन निकुञ्जलाई बुझाउनुपर्ने हुन्छ । तर सामुदायिक वनहरुले विगत केही वर्षयतादेखी प्रतिवेदन बुझाएका छैनन् ।
यस्तै कोहलपुर नगरपालिका वडा नं. १३ मा रहेको रानिघाट सामुदायिक वनका उपभोक्ता समितिका संस्थापक सचिव हुकुम वलीले रानिघाट सामुदायिन वन उपभोक्ता समितीले विगत ४ वर्ष यता वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई नगरेको बताए । सोही रानिघाट सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष दिनेश वलीले सामुदायिक वनको निर्माधिन भवन भत्काई स्वाथ्य कार्यालयको भवन निर्माण गर्न लागिएको बताए । यसबारेमा उपभोक्ताहरु अन्योलमा रहेका छन् । उपभोक्ताको गुनासोको बारेमा सामुदायिक वनका अध्यक्ष वलीलाई राख्दा उनले सामुदायिक वन उपभोक्ता समितीका कामकाज नियम अनुसार गरेको बताएका छन् । बाँके राष्ट्रिय निकुञ्जका सुचना अधिकारी विष्णु रोकायले मध्यवत्र्ति क्षेत्रका सबै नभई केही सामुदायिक वनहरुको पञ्चवर्षिय कार्ययोजना,नविकरण गर्ने समय आएको र केही सामुदायिक वन उपभोक्ता समितीहरु नविकरण गर्ने प्रक्रियामा अगाडी बढेको बताए ।

२७ असार २०७७ मा प्रकाशित
Nabintech