सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष पक्राउ


पिपलबोट डेस्क


बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय विकास संस्था लिमिटेडको ४५ करोड रकम हिनामिना गरेको आरोप लागेका ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केहि महिना अगाडि देखी प्रहरीको खोजिमा रहेका संस्थामा सस्थापक अध्यक्षलाई प्रहरी खोििजरहेको थियो ।
प्रहरीको खोजी सूचीमा रहेका सहकारी वित्तिय विकास संस्था लिमिटेडका संस्थापक अध्यक्ष चौधरी नेपालगन्जमै रहेको विशेष सुराकीको आधारमा प्रहरीले शनिबार विहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुभाष खड्काले जानकारी दिएका छन ।
उक्त रकम हिनामिना घटनामा आरोपित मध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कतिपयका विरुद्ध मुद्दा दायर भइसकेको छ तर, फरार रहेका संस्थापक अध्यक्ष चौधरी शनिबार पक्राउ परेको र उनीमाथि अनुसन्धान भइरहेको छ । उनीमाथिको अनुसन्धानबाट चौधरी दोषी ठहरिए उनका विरुद्ध पनि कानूनी प्रकृया अघि बढाईने खड्का बताए ।
यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ । उनीहरु कारागारमा सजाय भोगिरहेका छन् ।
अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणी बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख धरौटी मागिएको छ । बज्राचार्य २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् ।
जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको थियो ।
सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।

२७ असार २०७७ मा प्रकाशित
Nabintech