उपमहानगरपालिका वडा नं. १३ को वडा भेला सम्पन्न

पिपलबाेट संवाददाता


नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ को वडा भेला शनिबार सम्पन्न भएको छ । वडा भेलावाट वडाको लागी आर्थिक वर्ष २०७७÷७८ को लागी वजेट तथा योजना छनौटको बारेमा वडा वासी संग छलफल गरिएको छ । भेलाको सभापतित्व गदै वडा नं. १३ वडा अध्यक्ष विरेन्द्र वहादुर शाहले उप महानगरपालिका वाट यस आर्थिक वर्षको लागी ९४ लाखको वजेटको सिलङ आएको बताए ।
पुँजीगत योजनाबाट कटौती गरेर कोरोना भाइरस संक्रमण नियन्त्रणमा १२ लाख ५० हजार छुट्याएको छ । छुटाएको उक्त बजेटमा ९ लाख बराबरको रकम खर्च भएको छ ।  चालु वर्ष २०७६।०७७ को आय व्ययको विवरण वडा सचिव मदन बहादुर रावलले झेलामा पेश गरेका थिए । उपमहानगरपालिकाले वडाको बजेट सिलिङ्ग उपलव्ध गराएसंगै वडाले वडा भेला आयोजना गरेको हो ।

 

२७ असार २०७७ मा प्रकाशित
Nabintech