राप्ती सोनारी गाँउपालिकामा नया दुई पोजेटिभ ,दुई घर फर्किए

पिपलबाेट संवाददाता


राप्ती सोनारी गाँउपालिकाकाका २ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती सोनार गाँउपालिका वाट संकलन गरिएको स्वाव परिक्षणमा दुई जना कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितहरु दुबै राप्तीसोनारी गाँउपालिका ७ बाँकेका ३२ र ३४ वर्षिय पुरुष हुन ।
शनिबार नै बाँकेको राप्तीसोनारीको आईशोलेशन सेन्टरमा रहेका २५ वर्षीय पुरूष र कोहलपुरको पिपरी आईशोलशनमा रहेका ३५ वर्षीय पुरूष गरी दुई जना घर फर्किएका छन् ।थपिएका दुई जनासँगै अहिले बाँकेका बिभिन्न आईसोलेशन सेन्टरमा १० जना महिला र १२ जना पुरुष गरी २२ जनाको उपचार भईरहेको श्रेष्ठले जानकारी दिए ।

२७ असार २०७७ मा प्रकाशित
Nabintech