छाडापशु चौपाय मुक्त बनाउने अभियानमा कुरुम्वाङ्ग

पिपलबाेट संवाददाता


बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गको सक्रियता सगैं जिल्ला प्रहरी कार्यालय बाँके, वडा तथा नगर प्रहरीको टिमले नगरमा छरिएर रहेका छाडा पशु चौपायालाई एकिकृत गरि नेपालगन्ज २१, पुरैनामा रहेको काञ्जि हाउस लगिएको हो । यसअघि पनि नगरक्षेत्रका करिब तीन सय बढी छाडा पशुचौपायलाई व्यवस्थापनका लागि काञ्जि हाउसमा राखिएको थियो । तर, स्थानीय निकायको चरम लापरबाही र उदासिनताका कारण काञ्जि हाउसमा रहेका पशुचौपाया मर्न थालेपछि त्यसको उचित व्यवस्थापनका लागि लगिदै गएका नेपालगन्जका पशुचौपाया मरेका थिए । उक्त घटना देशब्यापी बन्दै बिबादास्पद बनेको थियो । यति बेला बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वा सडकमा रहेका छाडा चौपाय सनयन्त्रणका लागि आफै सडमा खटिएका छन । शनिबार मात्रै बाँकेका सडकलाई छाडा पशुमुक्त बनाउने क्रममा नेपालगन्ज उपमहानगर र सेना, सशस्त्र, प्रहरीका जवान द्वारा ११४ पशु गौशाला पुर्याइएको छ। यो संगै नेपालगन्जमा रहेका छाडा पशुचौपायाको ब्यवस्थापनका लागि स्थानीय प्रशासनको सक्रियता बढेकोछ ।बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गको सक्रियता सगैं जिल्ला प्रहरी कार्यालय बाँके, वडा तथा नगर प्रहरीको टिमले नगरमा छरिएर रहेका छाडा पशु चौपायालाई एकिकृत गरि नेपालगन्ज २१, पुरैनामा रहेको काञ्जि हाउस लगिएको हो । यसअघि पनि नगरक्षेत्रका करिब तीन सय बढी छाडा पशुचौपायलाई व्यवस्थापनका लागि काञ्जि हाउसमा राखिएको थियो । तर, स्थानीय निकायको चरम लापरबाही र उदासिनताका कारण काञ्जि हाउसमा रहेका पशुचौपाया मर्न थालेपछि त्यसको उचित व्यवस्थापनका लागि लगिदै गएका नेपालगन्जका पशुचौपाया मरेका थिए । उक्त घटना देशब्यापी बन्दै बिबादास्पद बनेको थियो । यति बेला बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वा सडकमा रहेका छाडा चौपाय सनयन्त्रणका लागि आफै सडमा खटिएका छन । शनिबार मात्रै बाँकेका सडकलाई छाडा पशुमुक्त बनाउने क्रममा नेपालगन्ज उपमहानगर र सेना, सशस्त्र, प्रहरीका जवान द्वारा ११४ पशु गौशाला पुर्याइएको छ। यो संगै नेपालगन्जमा रहेका छाडा पशुचौपायाको ब्यवस्थापनका लागि स्थानीय प्रशासनको सक्रियता बढेकोछ ।

२७ असार २०७७ मा प्रकाशित
Nabintech