बाँके र बर्दिया कर्णालीमा मिसाउनुपर्ने फेरी कुरा उठयो

पिपलबाेट संवाददाता


बाँके र बर्दियाका नागरिकहरुलाई प्रदेश ५ को राजधानी भौगोलिक हिसाबले टाढा र अपाएक भन्दै बारम्बार कर्णाली प्रदेशमा जानुको विकल्प नभएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाको संयोजकत्वमा बाँके बर्दियालाई कर्णालीमा मिसाउनुपर्ने अभियान चलिरहेका बेला कोहलपुर नगरपालिकाले पनि उक्त अभियानमा सहयोग गरेका छन् । साथै कोहलपुर नगरपालिका मेयर मेयर लुटबहादुर रावतले सार्वजनिक रूपमै सुरक्षित भविष्यका लागि बाँके, बर्दिया कर्णाली प्रदेशमै जानुको विकल्प नभएको बताएका छन् ।

कोहलपुर नगरपालिकाको सातौ नगर सभा बाट समेत सर्वसम्मत रुपले कर्णाली प्रदेशमा जाने निर्णय भएको मेयर रावतले बताएका छन् । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले पनि साधारण सभा मार्फत उक्त अभियानलाई पारित गरिसकेको छ । बाँके र बर्दियाका सबै स्थानीय तहले बाँके, बर्दिया कर्णालीमा मिसाउनुपर्ने अभियानलाई एजेण्डाका साथ अघि लैजानुपर्ने जनस्तरबाटै दबाब भइरहेको छ ।

बाँके र बर्दिया कुनै पनि हालतमा ५ नम्बर प्रदेशमा नबस्ने अडान राख्न थालेका छन् । हामीलाई कर्णाली प्रदेशमा मिसिदा राम्रो हुन्छ । अब दाङसम्म भए पनि हामी मान्दैनौ भन्दै त्यसको लागि अभियानहरु शुरु गर्न बाँकेका स्थानीयले आग्रह गरेका छन् ।
अखण्ड सुदूरपश्चिमको आन्दोलन ठूला भनौदा नेताको कारण हुन नसकेको भन्दै बाँके, बर्दियाका नानगरिकले तत्काल आन्दोलन कार्यक्रम थाल्नुपर्ने बताएका छन् । उनीहरूले आफूहरूको आवश्यकता परे जुनसुकै बेला पनि सडकमा उत्रिन तयार रहेको बताएका छन । लकडाउनका कारण स्थगन भएको कर्णाली प्रदेश मिसाउने अभियान तत्काल शुरू गर्नुपर्ने कोहलपुरका मेयर रावतको भनाई रहेको छ । बाँके, बर्दियालाई कर्णालीमा मिसाउन मात्रै होइन जनता जनस्तरबाटै घरघरबाटै उठने तयारीमा रहेका छन् । यसअघि सुर्खेतमा आन्दोलन हुँदा पनि बाँके, बर्दियालाई कर्णालीमै गाभ्नुपर्ने आवाज उठेको थियो । तर, आफूलाई ठूलो नेता र पार्टीको लिडर सम्झेनेहरू मनोमानीका कारण यो समस्या आएको बाँकेबासीको बुझाई छ । आम बाँके, बर्दियाबासीले तत्काल अभियान थालन महोल बनाउँन उपमहानगरका मेयर राणासहित सबै स्थानीय हतका प्रमुखहरूलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेशमा मिसिदा बाँके र बर्दिया मुख्य शहर नै हुने स्थानीयको भनाई छ । राजधानी नभए पनि नेपालगन्ज विकासमा पछि पर्दैन भनेर नेताहरुले आश्वासन मात्रै दिने गरेको आरोप लगाउँदै स्थानीयले समेत अब बाँके, बर्दियाले वुटवल वा दाङ राजधानी नस्वीकार्ने बताएका छन् ।कर्णाली प्रदेशमा बाँके र बर्दियालाई लैजादा समग्र बाँके र बर्दियाको विकास तिव्र गतिमा हुने कतिपय विज्ञहरुको भनाई रहेको छ ।

२८ असार २०७७ मा प्रकाशित
Nabintech