बाँके जिल्लामा पिसिआर विधिबाट चेकजाँच गर्न माग गरिएको छ । नेपाल यूनियानका केन्द्रिय सदस्य जयसिंह केसीले बाँके जिल्लामा आरडिटि विधिबाट गरिएको परिक्षण भरपर्दो नहुँदा पिसिआर विधिबाट परिक्षण गर्न माग गरेका छन् । पिसिआर विधि मार्फत चेकजाँच गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी बाँके मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र केसीले बुझाएका छन् । साथै उनले संविधानतः सबै नागरिकको स्वास्थयको ग्यारेण्टी सरकारले लिई विश्व स्वास्थ्य संगठनले नै विश्वसनियता नभएको भनिएको आरडिटि परिक्षणलाई तत्काल बन्द गरी पिसिआर परिक्षणको दायरा फराकिलो बनाई आम नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न नेपाल सरकार साथै प्रदेश सरकारसँग माग गरेका छन् । केन्द्रिय सदस्य केसीले प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङग र जिल्ला प्रहरी प्रमुखलाई स्वागत समेत गरेका थिए ।