विद्यालय संचालन सम्वन्धी कोहलपुरमा अन्तरक्रिया सम्पन्न

पिपलबाेट संवाददाता


कोरोना भाईरसका कारण विद्यालयहरुमा पठन पाठन बन्द रहेको अवस्थामा अवका दिनहरुमा कसरी अगाडि बढ्ने भन्ने विषयमा अन्तरक्रिया कोहलपुरमा सम्पन्न भएको छ ।
नेपाल शिक्षक महासंघ कोहलपुर र क्रिसा कोहलपुरको संयूक्त आयोजनामा अन्तरक्रिया कार्यक्रमा भएको थियो ।
अन्तरक्रिया कार्यक्रमा कोहलपुर नगरपालिकाका प्रमुख लुटवहादुर रावतले कोरोनाका कारण अहिले देश नै अस्त व्यस्त अवस्थामा पुगेको अवस्थामा शिक्षा क्षेत्र पनि यसको मारमा परेको वताए । अव सुरक्षित रहेर कासरी विद्यालय संचालन गर्ने सकिन्छ यस वारेमा सोच्न जरुरी रहेको वताए । साथै सामुदायिक विद्यालयहरुले यस विषम परिवेशमा क्वारेन्टाईन वनाउन ठुलो सहयोग गरेकोमा आभार व्यक्त गरे ,यस्तै क्वारेन्टाईन रहेका विद्यालयहरुलाई नगरपालिकाले सेनिटाईजर गरिदिर्ने बताए ।
कार्यक्रमा नेपाली काँग्रेस कोहलपुरका नगर सभापति बलराम शर्माले विद्यालयमा बिद्यार्थी कसरी सुरक्षित हुन सक्छन यस वारेमा गम्भीर भएर सोच्न जरुरी रहेको वताए । विद्यालय संचालन गर्दा सवै विद्यालयहरुले स्वास्थ्य र सरसफाईमा ध्यान दिन आवस्यक रहेको वताए । नेकपा कोहलपुर नगर कमिटि अध्यक्ष बसन्ती अधिकारीले नगरपालिकाले गर्ने काम शिक्षकहरुले गरेको भन्दै आयोजक लाई धन्यवाद दिईन । कोरोना वास्तविक्ता भन्दा वढि हल्ला भएको वताईन । अव शैक्षिक क्षेत्र कसरी सुचारु गर्ने भन्ने वारेमा सवै क्षेत्र वाट लाग्न आवश्यक रहेको वताईन । कार्यक्रमा सवैकोले जोखिमलाई मध्य नजर गरेर विद्यालयहरु संचालन गर्ने आवश्यक रहेकोमा जोड दिएका थिए ।

२९ असार २०७७ मा प्रकाशित
Nabintech