राप्तीसोनारी २ मा नदीजन्य पदार्थ विषयमा झडप १ घाइते

पिपलबाेट संवाददाता


राप्तीसोनारी २ मा डम्पीङ गरि राखेको नदीजन्य पदार्थ उठाउने बिषयमा दुई समूह बिच झडप भएको छ । कचनापुरका स्थानिय युवाहरुको समुह र राप्तीसोनारी ९ ढकेरीका युवा समुह बिचको झडपमा परी एक जनाको दुबै खुट्टा काटिएको छ । कचानापुरका स्थानिय युवा समुहले आफुहरुले स्टक प्रमाणित गरि डम्पिङ गरि राखिएको नदिजन्य पदार्थ लिन गएका राप्ती सोनारी ९ का बिर बहादुर खत्रीको दुवै हात खुटा काटिएको एक प्रत्यक्षदर्शीले  जानकारी दिए ।
खत्री ट्रिपरमा नदिजन्य पदार्थ लिएर फर्कदै गर्दा राप्ती सोनारी २ को कचनापुरका युवाहरुको समुहले खट्टा काटिदिएका थिए । उनको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । उक्त राप्तीसोनारी गाँउपालिका वडा नं. २ मा दुई समुह बिच झडप भएको स्थानिय बासीहरुले बताएका छन् । घाइते खत्रीले आफु र आफुसंग गएका केटाहरुलाई मार्ने उदेश्यका साथ आक्रमण भएको जनाएका छन । उनलाई आक्रमण गर्ने मा राप्तिसोनारी गाउँपालिका वडा नं. २ का सदस्य ज्ञानु वली, नारायण डाँगी, समिर बिष्ट लगाएतका यूवाहरुले आक्रमण गरेको बताए । आक्रमणकारीहरुले तरबार, खुडा र घाइतेका अनुसार पेस्तोल पनि ल्याएर आएका थिए । यता प्रहरीले भने आक्रमण गर्नेहरुको खोजि कार्य शुरु गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले बताए ।

१ श्रावण २०७७ मा प्रकाशित
Nabintech