कोहलपुरका तरुणहरु ३८ औँ वि.पि स्मृति दिवस रक्तदान गरेर मनाउदै

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको ३८ औँ वि.पि स्मृति दिवसको अवसरमा नेपाल तरुण दल नगर कार्य समिती कोहलपुरले साउन ९ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष वि.पि. स्मृतिको दिवसको अवसरमा नेपाल तरुण दल कोहलपुर नगर कार्य समितीले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आएको छ । यस वर्ष कोरोना भाइरस कोविड १९ को महामारीले कोहलपुर लगायत बाँके जिल्लामै रगतको अभाव देखिएकाले यस वर्षको ३८ औँ वि.पि. स्मृति दिवसलाई रक्तदान कार्यक्रमको आयोजना र अन्य विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने रहेको नेपाल तरुण दल कोहलपुर नगर कार्य समितिका सभापती हरिसिह कठायतले जानकारी दिए । सभापति कठायतका अनुसार ३८ औँ विपि स्मृति दिवसको अवसरमा सम्पुर्ण महानुभावहरुलाई रक्तदान गर्न समेत अनुरोध गरिएको बताए । विगतका वर्षहरुमा पनी नेपाल तरुण दल, महिला संघ लगायत थुप्रै भातृसंगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गरि वि.पि. स्मृति दिवसलाई मनाउदै आएका छन् ।

यस भन्दा पहिले पनी वि.पि. स्मृति दिवसको अवसरमा १८४ पिन्ट रगत संकलन भएको नेपाल तरुण दल कोहलपुर नगर उपसभापती गोपाल जि.एम.ले बताए । जि.एम.का अनुसार कोहलपुर नगरमा तरुण युवाहरुले देश संकटको घडिमा परेमा बेला तरुण युवाहरुले महत्वपूर्ण भुमिका खेल्दै आएको र यस वर्षको वि.पि स्मृती दिवसलाई भव्य रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने कार्यक्रम रहेको बताए । यस वर्षको विपी स्मृती दिवस कार्यक्रम नेपाली काग्रेशका भातृसंगठनहरुले फरक फरक कार्यक्रमको आयोजना गरि मनाउदै छन् । कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन् । नेपाली कांग्रेस तथा नेपाली साहित्यकारहरुले देश र विदेशमा विभिन्न कार्यक्रमका साथ कोइरालालाई सम्झदैछन् । पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए ।

२ श्रावण २०७७ मा प्रकाशित
Nabintech