राप्तीसोनारीमा ४७ जना काँग्रेसमा प्रवेश

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ बिनौनामा शनिबार विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका यूवा नेता तथा नेविसंघ बाँकेका अध्यक्ष पूर्ण आचार्यका अनुसार ४७ जनाले विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टीको संगठनलाई बलियो बनाउन र वर्तमान सरकारले गरेका जनविरोध कार्यको जनतालाई जानकारी दिनका लागि पार्टीले जनतासँग पार्टीको सम्बन्धमा बनाउन गाउँगाउँमा पुग्नुपर्ने नेता आचार्यले बताएका छन् ।

४ श्रावण २०७७ मा प्रकाशित
Nabintech