लियो क्लब र लायन्स क्लबको संयुक्त आयोजनामा निः शूल्क स्वास्थ्य शिविर सम्पन्न

पिपलबाेट संवाददाता


लियो क्लब अफ नेपालगन्ज इनोभेटिभ र लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको संयुक्त आयोजना तथा सामना युवा क्लवको सहकार्यमा शनिबार निःशूल्क स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम राप्तीसोनारी गाउँपालिका वडा नं ६ उच्वा छटकपुर गाउँमा सम्पन्न भएको छ । कार्यक्रममा एक सय २० जना स्थानीय नागरिकहरुको सहभागितामा साधारण स्वास्थ्य शिविरमा तौल परिक्षण, रक्तचाप परिक्षण, सुगर परिक्षण जस्ता कार्यक्रमहरु सम्पन्न भएको थियो । त्यसका साथै जनचेतना मुलक कार्यक्रम अन्तर्गत शारिरिक सरसफाई, सन्तुलित खानपान, मेन्सुरेसन सेनिटेशन, स्वास्थ्य सम्बन्धी परामर्श लगायतका कार्यक्रम गरिएको लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो प्रकाश कुंवरले जानकारी दिएका छन् । लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो प्रकाश कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व डिस्ट्रक्ट गभर्नर मधुसुदन शर्मा, जोन संयोजक सरोवर प्रसाई, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर तथा रिजन संयोजक उमा थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

४ श्रावण २०७७ मा प्रकाशित
Nabintech