कोरोना संक्रमण बढेपछि हङकङको अवस्था ‘गम्भीर’

पिपलबाेट संवाददाता


हङकङ । हङकङ नेतृ क्यारी लामले नोभेल कोरोना भाइरसको संक्रमण बढेसँगै अवस्था गम्भीर भएको बताएकी छन् ।  आइतबार एकैदिन एक सय जनामा कोरोना संक्रमण देखिएसँगै अवस्था गम्भीर भएको बताएकी हुन् । उनले भनिन्, “मलाई लाग्छ, अवस्था वास्तवमै गम्भीर छ ।” उनले अत्यावश्यक बाहेकका कर्मचारीहरुलाई घरबाटै काम गर्न आग्रह गरेकी छन् । हङकङमा एक लाख ८० हजारभन्दा बढी सरकारी कर्मचारीहरु रहेका छन् । मनोरञ्‍जनात्मक पार्कहरु, जिम र अन्य स्थानहरुमा आगामी सातासम्मका लागि बन्द गरिएका छन् । हङकङमा हालसम्म दुई हजार कोरोना भाइरस संक्रमित फेला परेका छन् भने १२ जनाको मृत्यु भएको  छ । –बीबीसी 

४ श्रावण २०७७ मा प्रकाशित
Nabintech