बाँकेको कोहलपुर नगरपालिका वडा नं. १३ का १२ वर्षिय आशु रोकाय असार २१ गते देखि वेपत्ता भएका छन् । असार २१ गते दिउँसो ३ बजे घरबाटै वेपत्ता भएको उनकी आमा बिमला रोकायले जानकारी दिएकी छिन् । आमाका अनुसार छोराको मानसिक अवस्था कमजोर भएका कारण दुई वर्षसम्म सुधार गृहमा राखिएको हो । छोरालाई खोजि कार्य गरी दिनका लागि उनले असार २५ गते ईलाका प्रहरी कार्यालय कोहलपुरमा जानकारी समेत गरेको बताएकी छिन् । यता ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख कुलदिप चन्दले बालकको हुलिया सहित ७७ जिल्लामै पठाई सकेको र खोजि कार्य जारी रहेको बताएका छन् ।
४ श्रावण २०७७ मा प्रकाशित