१५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज

पिपलबाेट संवाददाता


काठमाडौं /आइतबार नेपालमा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन्  ।

४ श्रावण २०७७ मा प्रकाशित
Nabintech