जर्मनीकै ठूलो निर्यात गन्तव्य बन्दै चीन

पिपलबाेट संवाददाता


बर्लिन-कोभिड–१९ को संकटले विश्वव्यापी ब्यापारमा नराम्रो प्रभाव पारेसँगै जर्मनीको निर्यात बजार नराम्ररी बिग्रिएको जर्मन इकोनोमिक इन्सटिच्यूट (आईडब्लू) ले गरेको नयाँ अध्ययनले देखाएको छ । यसैबीच चिनियाँ अर्थतन्त्र पहिलेनै सावधानीपूर्ण आश गर्न लायकको अवस्थामा पुगिसकेको अनुसन्धानमुलक संस्था आईडब्लूका वरिष्ठ अर्थशास्त्री र प्रमुख गालिना कोलेभले बताइन् ।संघीय तथ्यांकिय कार्यालयका अनुसार मे महिनामा चीनमा भएको जर्मनीको निर्यात मन्द भन्दा पनि बढी अर्र्थात १२.३ प्रतिशतले वृद्धि भएर ७.२ अर्ब युरो कायम भएको थियो । तर अमेरिकामा भएको निर्यातमा भने ३६.५ प्रतिशतको फराकिलो अन्तरले गिरावट आएर ६.५ अर्ब युरो कायम भएको छ । विश्वव्यापी रुपमा परेको कोरोनाभाइरसको प्र्रभावका कारण २०२० मा जर्मन अर्थतन्त्रमा विश्वका अन्य मुलुकको तुलनात्मक महत्व रहने आईडब्लूले जनाएको छ ।
“निर्यातको नम्बर १ मुलुकाको रुपमा चीनको उदय विशेष सांकेतिक महत्वको रहेको छ,” कोलेभले बताए ।
२०१९ मा अमेरिका र फ्रान्सपछि चीन जर्मनीको तेस्रो महत्वपूर्ण उपभोक्ता थियो । उक्त वर्ष जर्मनीले चीनमा ९६ अर्ब युरोको निर्यात गरेको थियो । यो वर्षको सुरु पाँच महिनाको अवधिमा चीन र जर्मनीकै ठूलो निर्यात मुलुकहरुबीचको निर्यात अन्तर कम भएको छ । जुनको आधिकारिक तथ्यांक सार्वजनिक गर्न भने अझै बाँकि रहेको छ ।

 

४ श्रावण २०७७ मा प्रकाशित
Nabintech