एजेन्सी — निकै प्रतिस्पर्धात्मक मोडमा रहेको लिगमा बार्सिलोनाले अन्त्यतिर लय गुमाउँदा अन्तिम खेलअघि नै रियल म्याड्रिडले यो सिजनको ला लिगा उपाधि पक्का गरेको थियो । त्यसअर्थ रियलकै खेलाडीहरुले सिजनभर उच्च प्रदर्शन गरेको बुझ्न सहज हुन्छ ।
स्पेनको प्रतिष्ठित संचार माध्यम मार्काले ला लिगाको सिजनको समिक्षा गरेको छ । १ लाख २० हजारबाट लिएको मतका आधारमा विभिन्न पोजिसनका उत्कृष्ट खेलाडी छनोट गर्दा त्यसमा रियलका खेलाडीको बाहुल्यता रह्यो ।
ला लिगाका उत्कृष्ट
३६ प्रतिशत मतका साथ रियलका फरवार्ड करिम बेन्जेमा ला लिगाको उत्कृष्ट खेलाडी बनेका छन् । बार्सिलोनाका सुपरस्टार मेस्सी ३२ प्रतिशतका साथ दोस्रो स्थानमा रहँदा रियलका कप्तान सर्जियो रामोस १४ प्रतिशतका साथ तेस्रो स्थानमा परे ।
उत्कृष्ट साइनिङ
सेभिल्लाका फरवार्ड लुकास अेकापोस ३८ प्रतिशत मतका साथ सिजनको उत्कृष्ट साइनिङ खेलाडी बने । उनले सिजन भर उच्च प्रदर्शन गरेका थिए । फेर्लान्ड मेन्डी १८ प्रतिशतका साथ दोस्रो र १३ प्रतिशतका साथ मार्कोस लाउरेन्ट तेस्रो स्थानमा रहे ।
खराब साइनिङ
लुका जोभिच सिजनकै खराब साइनिङमा परेका छन् । उनले २९ प्रतिशत मत प्राप्त गरे । त्यस्तै रियलका इजेन हाजार्ड दोस्रो र बार्सिलोनाका एन्टोनी ग्रिजमन तेस्रोमा रहे ।
उत्कृष्ट यू २१ खेलाडी
रियल सोसिडाडका मार्टिन ओडीगार्ड ३८ प्रतिशत मत पाएर यू २१ उत्कृष्ट खेलाडी चुनिए । बार्सिलोनाका अन्सु फाती २४ प्रतिशत मतसहित दोस्रो र रियलका फेडे भाल्भेर्डे २१ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहे ।
उत्कृष्ट स्पेनिस खेलाडी
सर्जियो रामोस ५६ प्रतिशत मतसहित उत्कृष्ट स्पेनिस खेलाडी चुनिए । भिल्लारियलका सान्टी कार्जोला दोस्रो स्थानमा परे ।
उत्कृष्ट प्रशिक्षक
रियललाई ला लिगाको उपाधि दिलाएका जिदान ४६ प्रतिशत मतसहित उत्कृष्ट प्रशिक्षक छनोट भए । ग्रानाडाका डिएगो मार्टिनेज दोस्रो स्थानमा रहे ।
वर्षको उदाउँदो टोली
ग्रानाडा वर्षको उदाउँदो टोलीका रुपमा छनोट भयो । सातौं स्थानमा रहँदै ला लिगाको अन्त्य गरेको ग्रानाडाले ९४ प्रतिशत मत प्राप्त गरेको थियो ।
निराशाजनक टोली
ला लिगाको पुछारमा रहेको इस्पान्योल वर्षको निराशाजनक टोली रह्यो । टोलीले २६ प्रतिशत मतका आधारमा निराशजनक टोली रह्यो । २३ प्रतिशतकका साथ भ्यालेन्सिया दोस्रो र १९ प्रतिशतक मतका साथ बार्सिलोना तेस्रो निराशाजनक टोली बन्यो ।
उत्कृष्ट गोलकिपर
रियलका गोलकिपर थिबाउट कोर्टुवा ५५ हजार मतका साथ उत्कृष्ट गोलकिपर छानिए ।
उत्कृष्ट रक्षक
रियलका कप्तान रामोस उत्कृष्ट रक्षक चुनिए । उनले ६५ प्रतिशत मत प्राप्त गरेका थिए ।
उत्कृष्ट मिडफिल्डर
रियलकै कासिमेरो २९ प्रतिशत मतसहित उत्कृष्ट मिडफिल्डर छानिए । कार्जोला (२० प्रतिशत) दोस्रो र ओडेगार्ड (१७ प्रतिशत) तेस्रो स्थानमा रहे ।
उत्कृष्ट फरवार्ड
उत्कृष्ट फरवार्डमा पनि रियलका बेन्जेमाले बार्सिलोनाका मेस्सीलाई पछाडि पारेका छन् ।