दुध तथा दुग्ध पदार्थ स्वच्छ तथा गुणस्तर हुनुपर्छ ः उपप्रमुख चौधरी

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जुकुमारी चौधरीले नगर भित्र दुध तथा दुग्ध पदार्थ स्वच्छ तथा गुणस्तर हुुनुपर्नेमा जोड दिईएकी छिन् । कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा सम्पन्न भएको दुध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर सम्बन्धी एक दिने अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले मापदण्ड अनुसार दुध तथा दुग्ध पदार्थ विक्रि वितरण गर्नुपर्नेमा जोड दिँदै राज्यले तय गरेको नीति भित्र रहेको व्यवसाय सञ्चालन नगरे स्थानिय सरकार र राज्यका अन्य निकायहरु कारवाही गर्ने दुध तथा दुग्ध पदार्थ व्यवसायीहरुलाई चेतवानी समेत दिएकी छिन् । उपभोक्ताहरुले गुणस्तरीय दुध खाना पाउनुपर्ने भन्दै दुध उत्पादकहरुले स्वच्छ र गुणस्तरीय दुध उपलब्ध गराउनुपर्नेमा जोड दिईन् । विशेष गरी किसानले उत्पादन गरेका दुध र किसानबाट संकलन गरेको दुधमा कुनै पनि समस्या आउन नहुने बताईएको छ ।
उक्त अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले दुध तथा दुग्धजन्य पदार्थबाट मानिसको कुनै पनि स्वास्थ्यमा असर गर्ने नहुनुपर्नेमा भन्दै स्वच्छ तथा गुणस्तरीय दुध उत्पादन गर्न जोड दिएकाछन् ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी नेत्रा बोगटीले दुधको कारोबार गर्ने सबै राज्यले नीति भित्र आएर व्यवसायी दर्ता लगायतका कानूनि प्रक्रिया पुरा गरेको हुनुपर्ने बताएकी छिन् । साथै उनले सरकारको अनुमति बिना दुध उपभोक्ताहरुसम्म पु¥याउनुपर्नेमा काम भईरहेको भन्दै अनुमति विना दुध विक्रि वितरण गरेको पाईएका तत्काल कारवाही गरिने जानकारी दिईन् । राज्यले तय गरेको निर्देशिकाको कार्यावन्य गर्नका लागि १ वर्षदेखि जानकारी दिईएको बताईन् । कार्यक्रममा दुध उत्पादकहरुले राज्यले किसानका माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

७ श्रावण २०७७ मा प्रकाशित
Nabintech