बाँकेमा १६ लाख घुससहित एक पक्राउ

पिपलबाेट संवाददाता


बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पताल नेपालगञ्जका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई नगद १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ कमिशन सहित अख्तियार दुरुपयोग आयोगको टोलिले पक्राउ गरेको हो । खनाल अस्पतालमा कम्प्यूटर अपरेटरको रुपमा कार्यरत छन् । विशेष सुराकीको आधारमा अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर खनालले कमिशन बापतको रकम लिइरहेको भन्ने बुझिएपछि अख्तियारको टोली बिहीबार दिउँसो भेरी अस्पताल पुगेको थियो ।उक्त टोलीले भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाललाई कमिशन बापतको रकम लिइरहेको अवस्थामा अस्पताल भित्रैबाट पक्राउ गरेको हो ।

८ श्रावण २०७७ मा प्रकाशित
Nabintech