कोहलपुरमा जेसीजका अध्यक्षहरुको भेला भोलि हुँदै

पिपलबाेट संवाददाता


नेपाल जेसीजक क्षेत्र ‘घ’ का अध्यक्षहरुको भेला कोहलपुरमा भोलि (शनिबार) हुने भएको छ । कोहलपुर जेसीजको आयोजनामा क्षेत्र ‘घ’ का अध्यक्षहरुको भेला कोहलपुरमा हुन लागेको हो । नारायणी नदि पश्चिमका ४९ शाखाका अध्यक्षहरुको भेला कोहलपुरमा आयोजना हुन गईरहेको कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनालले जानकारी दिए । देशब्यापी रुपमा आयोजना गरीएको उक्त कार्यक्रम अन्तर्गत क्षेत्र ‘घ’ को भेला कोहलपुरमा तय गरीएको हो । बिहान ११ बजेदेखी कोहलपुर पार्टी प्यालेसमा भेला संचालन गरीने खनालले बताए । संघिय साँसद महेश्वर गहतराज अथकको प्रमुख आतिथ्यतामा संचालन गरीने उक्त कार्यक्रममा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलका साथै ४९ वटा शाखाका अध्यक्ष तथा अन्य अतिथिहरु समेत सहभागी हुने बताईएको छ । भेलाले कोरोना भाईरसको महामारीका कारण उत्पन्न परिस्थीती र आगामी दिनका योजनाहरुका बारेमा रणनिति तय गर्नुका साथै नेतृत्व र ब्यक्तित्व विकासका बारेमा प्रेरणादायी ट्रेनिङ समेत संचालन गर्ने कोहलपुर जेसीजका अध्यक्ष संगम खनालले जानकारी दिए ।

९ श्रावण २०७७ मा प्रकाशित
Nabintech