कोहलपुरमा २ सय ९४प्वाईन्ट रगत संकलन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा २ सय ९४ प्वाईन्ट रगत संकलन भएको छ । नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको ३८ औँ स्मृती दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा २ सय ९४ जनाले रक्तदान गरेको नेपाल तरुण दल कोहलपुर नगर सभापति हरसिंह कठायतले जानकारी दिएका छन् । रक्तदान कार्यक्रममा तरुण यूवाहरुको सहभागिता रहेको थियो ।
युवा संघका पुर्व केन्द्रिय सदस्य पुन नेपाली काँग्रेसमा प्रवेश
युवा संघ नेपालका पुर्व केन्द्रिय सदस्य अजय पुन मगर (गोपाल पुन) नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको ३८ औँ स्मृती दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा पुन सहित ९४ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितले नेकपा बाँकेका सदस्य समेत रहेका पुन सहित ९४ जना युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा बोल्दै पुनले अबको राजनैतिक यात्रा विपीले देखाएको बाटोबाट अगाडी बढ्ने बताएका छन् ।

९ श्रावण २०७७ मा प्रकाशित
Nabintech